राष्ट्रपतिका लागि हेलिप्याडमै सोफा पुर्‍याइएपछि… « Khabarhub

राष्ट्रपतिका लागि हेलिप्याडमै सोफा पुर्‍याइएपछि…


१५ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीलगायत बाग्मती प्रदेशका प्रदेश प्रमुख तथा मुख्यमन्त्रीसहितको एक तस्वीर सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

तस्वीरमा राष्ट्रपति भण्डारी सोफामा बसेकी छिन् भने बाग्मती प्रदेश प्रमुख बिष्णुप्रसाद प्रसाईं र मुख्यमन्त्री डोरमणि पौडेललगायत सोफाभन्दा पछाडि उभिएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारी मंगलबार शहीद स्मारक एवं प्रजातान्त्रिक पार्कको उद्घाटनका लागि हेलिकोप्टर चढेर हेटौंडा पुगेकी थिइन ।

राष्ट्रपति सवार हेलिकोप्टर प्रदेश प्रहरी कार्यालय परिसरमा रहेको हेलिप्याडमा अवतरण भएको थियो ।

कार्यक्रम सकेर फर्कने बेलामा राष्ट्रपतिको बिदाई गर्न बागमतीका प्रदेश प्रमुख प्रसाईं र मुख्यमन्त्री पौडेल लगायतको टोली हेलिप्याडमै पुगेका थिए ।

त्यसक्रममा सामूहिक तस्वीर खिचाउने कुरा भएपछि राष्ट्रपतिका लागि एकाएक त्यहाँ सोफाको व्यवस्था गरिएको थियो ।

प्रकाशित मिति : १५ माघ २०७६, बुधबार  ६ : १९ बजे

वैदेशिक रोजगारी छाडेर गाउँ फर्किएका भोजपुरका युवा कृषि र बाख्रापालनमा

काठमाडौँ – भोजपुरका युवाहरू पछिल्लो समय वैदेशिक रोजगारीको मोह छाडेर

हुम्लाको हिल्सामा भारी हिमपात: कैलाश मानसरोवर यात्रा प्रभावित, ४१ नेपाली अलपत्र

काठमाडौँ – हुम्लाको उत्तरी सीमानाका हिल्सा क्षेत्रमा अविरल वर्षा र

निजामती विधेयक: छड्के प्रवेशको प्रस्तावले कर्मचारी तरंगित, कहाँ कस्तो असर पर्छ ?

काठमाडौँ – सरकारले बहुप्रतीक्षित ‘संघीय निजामती सेवा विधेयक’ प्रतिनिधिसभामा दर्ता

रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द

म्याग्दी – बाँधमा बाढी पसेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको

रोनाल्डोबिनाको पोर्चुगलको सानदार जित : डेनमार्क ४-२ ले पराजित

काठमाडौँ – क्रिस्टियानो रोनाल्डोबिना मैदान उत्रिएको पोर्चुगलले युइएफए नेसन्स लिग