अमेरिकी तल्लाे सदनबाट तिब्बतको मानवअधिकार सम्बन्धी विधेयक पारित | Khabarhub Khabarhub

अमेरिकी तल्लाे सदनबाट तिब्बतको मानवअधिकार सम्बन्धी विधेयक पारित


१५ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वासिंगटन- अमेरिकी तल्लो सदन ‘हाउस अफ् रिप्रेजेन्टेटिभ्स’ ले तिब्बती नागरिकको मानव अधिकारका लागि एउटा विधेयक पास गरेको छ ।

तिब्बती नागरिकको मानव अधिकार, धार्मिक स्वतन्त्रता र तिब्बतको अर्थपूर्ण स्वायत्तताका लागि अमेरिकाले ‘तिब्बत पोलिसी एन्ड सपोर्ट एक्ट २००२’ लाई संशोधन गर्न नयाँ विधेयक ल्याएको हो ।

अमेरिकी तल्लो सदनमा ३९२ जना यो विधेयकको पक्षमा उभिए भने २२ जनाले यसको विपक्षमा मतदान गरे। अमेरिकी तल्लो सदनमा ४३५ जना सदस्य रहेका छन्।

अमेरिकी तल्लो सदनले पास गरेको विधेयकमा निर्वासनमा रहेका धार्मिक गुरु दलाई लामाको उत्तराधिकारी चयनमा दबाब पुर्‍याउन खोज्ने चिनियाँ अधिकारीमाथि प्रतिबन्ध लगाउने उल्लेख छ।

त्यस्तै तिब्बतको राजधानी ल्हासामा अमेरिकी कन्सुलेट स्थापनाका लागि अनुमति नदिएसम्म अमेरिकामा थप चिनियाँ कन्सुलेट स्थापनाका लागि अनुमति नदिने विधेयकमा उल्लेख छ।

यो विधेयक अमेरिकाको माथिल्लो सदन सिनेटले पास गरेपछि मात्रै ऐनको रुपमा लिनेछ।

प्रकाशित मिति : १५ माघ २०७६, बुधबार  ८ : ४५ बजे

म्यानचेस्टर सिटी एफए कपको सेमिफाइनलमा

काठमाडौं – म्यानचेस्टर सिटीले एफए कपमा उपाधिको सम्भावना जीवितै राखेको

चार अस्पताललाई हेमोडायलाइसिस मेसिन हस्तान्तरण

काभ्रे– रोटरी क्लब धुलिखेलले विभिन्न चार वटा अस्पताललाई हेमोडायलाइसिस मेसिन

प्रेस सेन्टर नेपालको अध्यक्षमा कमल गिरी निर्वाचित

काठमाडौं– प्रेस सेन्टर नेपालको पाँचौँ राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा कमल गिरी

म्यानमारमा ६० घण्टापछि चार जनाको उद्धार

म्यानमार – शुक्रबार गएको भूकम्पपछि भत्किएको घरमा पुरिएका चार जनाको

त्रिवि केन्द्रीय क्याम्पसमा आज स्ववियु निर्वाचन

काठमाडौं– त्रिभुवन विश्वविद्यालय (त्रिवि) को कीर्तिपुरस्थित केन्द्रीय क्याम्पसमा आज स्वतन्त्र