बंगलादेशी नागरिक अहमदको हत्या आरोपमा मियाँ पक्राउ « Khabarhub

बंगलादेशी नागरिक अहमदको हत्या आरोपमा मियाँ पक्राउ


१६ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बंगलादेशी नागरिक मोहिद्दिन अहमदको हत्या आरोपमा उनीसँगै नेपाल आएका साथी दुला मियाँ पक्राउ परेका छन्।

हत्या गरी फरार रहेको भनिएका ४४ वर्षीय मियाँलाई नेपाल-भारत सीमा झापाको काँकडभिट्टाबाट पक्राउ गरिएको हो।

पक्राउपछि काठमाडौं ल्याइएका मियाँलाई बिहीबार दिउँसो पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिने महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तम सुवेदीले जानकारी दिए ।

मियाँ ६ माघमा अहमदसँगै काठमाडौं आएका थिए। प्रहरीका अनुसार उनीहरुले चार दिनका लागि सोल्टीमोडस्थित होटल ग्राण्ड भिलामा ११४ नम्बरको कोठा बुक गरेका थिए।

७ माघमा मोहिद्दिनको हत्या भए पनि होटल सञ्चालकले ८ माघमा खबर गरेका थिए। मृतक मोहिद्दिन क्यासिनोप्रेमी भएको र उनीसँग विभिन्न क्यासिनोको ‘मेम्बरसिप कार्ड’ रहेको प्रहरीको भनाइ छ।

प्रकाशित मिति : १६ माघ २०७६, बिहीबार  १० : २७ बजे

एनएमबि बैंकद्वारा नयाँ भिसा प्लाटिनम डेबिट कार्ड सार्वजनिक

काठमाडौं– एनएमबि बैंकले दुईवटा नयाँ भिसा प्लाटिनम डेबिट कार्डहरू सार्वजनिक

कांग्रेस, एमालेदेखि रास्वपासम्म विद्रोह : कहाँ कहाँ पर्‍यो बागी उम्मेदवारी ?

काठमाडौं- फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभाको निर्वाचनमा मंगलबार

याङ्गोले ल्यायो लचिलो डेलिभरी सेवा

काठमाडौं– याङ्गो ग्रुपले याङ्गो एपमार्फत एक्सप्रेस र कार्गो डेलिभरी समाधान ‘याङ्गो

ह्याट्रिक गरेको क्षेत्र क्रिकेट कमेन्टेटरलाई छोडेर गगन किन ओर्लिए सर्लाही ?

काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापा फागुन २१ गते