‘रक्सीले तिमीलाई होइन, बरु तिमीले रक्सी छोडिरहेका छैनौं’ « Khabarhub

‘रक्सीले तिमीलाई होइन, बरु तिमीले रक्सी छोडिरहेका छैनौं’


१६ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एकपटक आचार्य विनोबा भावेको निवासमा उनलाई भेट्न एक जँड्याहा आइपुग्यो ।

उसले आचार्यलाई हात जोडेर भन्यो, ‘महात्माजी, यो रक्सीले मलाई मार्ने भयो । म यसलाई छाड्न चाहन्छु, तर यसले मेरो पिछा कहिल्यै छोड्दैन । त्यसैले तपाईं कुनै यस्तो उपाय बताउनुस्, जसले गर्दा यो रक्सीले मेरो पिछा छोडोस् ।’

आचार्य विनोबाले त्यस जँड्याहालाई अर्को दिन आउनु भन्दै बिदा गरे । त्यो मानिस जाँदाजाँदै आचार्यले भने, ‘भोलि आउँदा तपाईं मलाई बाहिरैबाट बोलाउनुस्, म आफैँ बाहिर आउनेछु ।’

अर्को दिन त्यो जँड्याहा आयो र उसले बाहिरबाटै आचार्य विनोबालाई बोलायो । तर, आचार्य बाहिर निस्केनन् । बरु भित्रबाट उनको आवाज आयो, ‘हेर न मित्र, म कसरी बाहिर आऊँ ? यो खम्बाले मेरो पिछा छोडिरहेको छैन । म यसको जालबाट उम्किनै नसक्ने भएँ ।’

त्यो मानिसले आश्चर्य मान्दै भित्र चियाएर हेर्‍यो, त्यहाँको दृश्य देखेर ऊ छक्क पर्‍यो । भित्र आचार्य विनोबा खम्बा समातेर बसेका थिए । अनि उनी भनिरहेका थिए, यो खम्बाले मलाई छोड्नै मानिरहेको छैन ।

त्यो सब देखेपछि त्यस मानिसले आश्चर्य मान्दै भन्यो, ‘महात्मा, तपाईंले पनि कस्तो कुरा गर्नुभएको ? तपाईंले नै यो खम्बालई समाइरहनुभएको छ अनि तपाईं नै भनिरहनुभएको छ कि यसले मलाई छोडिरहेको छैन । यसले तपाईंलाई समाएको हैन, तपाईंले यसलाई पो समाउनुएको छ । तपाईंले यसलाई छोड्नुभयो भने त यसले पनि तपाईंलाई छोडिहाल्छ नि ।’

यो सुनेपछि आचार्य मुस्कुराए र उसलाई सम्झाउँदै भने, ‘जसरी मैले यो खम्बा समाइरहेको थिएँ, त्यसैगरी तिमीले पनि रक्सीलाई समाइरहेका छौ ।

रक्सीले तिमीलाई हैन, बरु तिमीले रक्सी छोडिरहेका छैनौ । यसैले तिमीले रक्सी छोड्यौ भने रक्सीले पनि तिम्रो पिछा आफै छोड्नेछ ।’ आचार्यको यस्तो भनाइ सुनेपछि त्यस मानिसले त्यही दिनदेखि रक्सी पिउन छोडिदियो ।

प्रकाशित मिति : १६ माघ २०७६, बिहीबार  १ : ४० बजे

दूध किसानलाई १२ करोड रुपैयाँ भुक्तानी

काठमाडौं– दुग्ध विकास संस्थान (डिडिसी)ले भुक्तानी नपाएका दूध किसानलाई १२

हमासका सैन्य नेता मुहम्मद ओदेहको मृत्यु भएको इजरायलको दावी

एजेन्सी– इजरायली रक्षा बलले गाजामा हमासको सैन्य बलको नयाँ नेता

न्यायाधीश श्रेष्ठको दिल्लीमा उपचार हुँदै

काठमाडौं– सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठको भारतको नयाँ दिल्लीस्थित राजीव

मानव अधिकार संरक्षणको सुनिश्चित घरबाटै सुरुआत हुनुपर्छ : मुख्यमन्त्री आचार्य

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मानव अधिकार संरक्षण गर्न

सभामुखलाई हर्कले भने- प्रधानमन्त्री ल्याउनुस्, नत्र मलाई निकाल्नुस्

काठमाठौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रतिनिधिसभा बैठक बहिष्कार