पूर्वराजा शाहले तिरेनन् वायुसेवा निगमको ५ करोड बक्यौता « Khabarhub

पूर्वराजा शाहले तिरेनन् वायुसेवा निगमको ५ करोड बक्यौता



काठमाडौं- पूर्वराजा ज्ञानेन्द्र शाहको नेपाल वायुसेवा निगमलाई ५ करोड हाराहारी बक्यौता तिर्न बाँकी रहेको खुलेको छ ।

पूर्वराजा शाहले विभिन्न समयमा नेपाल एयरलाइन्सका विमान चार्टर गरेबापतको वक्यौता रकम नतिरेको खुलेको हो ।

निगमका सहप्रवक्ता जीवन भट्टराईका अनुसार उनले २०६३ साल यता ४ करोड ८७ लाख ५६ हजार ९ सय ८२ रुपैयाँ बक्यौता तिरेका छैनन् । त्यो रकम अहिले पूर्वराजा शाहकै नाममा बक्यौता राखिएको छ ।

सहप्रवक्ता भट्टराई भन्छन्, ‘अहिले रकम उठाउने प्रक्रियामा छ ।’

सुशील कोइराला प्रधानमन्त्री हुँदाताका ५ महिना संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री बनेका जीवन बहादुर शाही त्यसबेला पूर्वराजा ज्ञानेन्द्र शाहको नाममा नेपाल वायु सेवा निगममा भएको बक्यौताको बिषय नउठेको बताउँछन् ।

‘त्यसबेला त्यो विषय उठेन भन्दैमा राज्यकोषको झण्डै ५ करोड रुपैयाँको विषय छाड्न मिल्दैन, पूर्वराजा ज्ञानेन्द्रले राज्यप्रमुखको हैसियतमा प्रतिनिधित्व गर्दा भएको खर्च बिचारणीय हुन सक्छ,’ उनले भने ‘तर राज्य प्रमुख नै हुँदा पनि निजी प्रयोजनका लागि भएको खर्चको भार राज्य लिन सक्दैन, आवश्यक कानूनी प्रकिया अपनाएर भए पनि रकम असुली गर्नुपर्छ ।’

पूर्वराजाको हैसियतमा उनलाई सरकारले आवास र सुरक्षा ब्यवस्था मिलाएको स्मरण गराउँदै उनले भने ‘खाएको र हिँडेको विषय पनि राज्यले बेहोर्ने गरिको सुविधा भएको मेरो जानकारीमा छैन ।’

पूर्व पर्यटनमन्त्री नै रहेका नेकपाका नेता आनन्द पोखरेलको मत पनि शाहीसँगै मिल्दोजुल्दो छ ।

‘२ सय ४० वर्षदेखि शासन गरेको पुर्खाको विरासतलाई साहजै परिवर्तनलाई स्वीकार गरेर रक्तपातरहित ढंगले राजगद्दी त्याग्नु सह्रानीय थियो,’ पोखरेलले भने ‘त्यसबापत नै हो पूर्वराजा शाहलाई सरकारले उनको मागबमोजिम आवास र सुरक्षाको ब्यवस्था गरेको  । तर त्यसो भन्दैमा उनी आफ्नो दायित्वबाट उम्कन पाउँदैनन् । निजी प्रयोजनका लागि गरेको उनको जहाजको खर्च सरकारले बेहोर्न सक्दैन यो दायित्वबाट उनि उम्कन पाउँदैनन् ।’

बक्यौताको बिषय लेखा समितिमा प्रश्न उठाउने सांसदहरुको तयारी

लेखा समितिको समेत क्षेत्राधिकारमा पर्ने यो  विषयलाई त्यहाँ उठाउने तयारी लेखा समितिका सदस्यहरुले गरेका छन् ।

नेकपा खोटाङका ईन्चार्ज समेत रहेका केन्द्रीय सदस्य सांसद विशाल भट्टराई पूर्वराजाको बक्यौता जिम्मेवारीमा बसेको व्यक्तिको ठूलो गैह्रजिम्मेवारीपूर्ण काम भएको बताउँछन् ।

‘पदीय जिम्मेवारीमा रहेको व्यक्तिले त झन जिम्मेवारी मजाले निर्वाह गर्नुपर्नेमा बक्यौता नै नतिर्नु दुःखद् हो’ भट्टराईले भने निजी प्रयोजनका लागि भएको खर्च राज्यलाई नबेहोराउने समेत अभ्यास भएका छन् । वर्तमान प्रधानमन्त्री केपी ओलीले समेत उपचार गर्न सिंगापुर जाँदा आफैले खर्च बेहोरेको हैन ?’ उनले प्रतिप्रश्न गरे ।

राज्यको सम्पतिमा भएको यो हदको मजाकलाई संसदमार्फत उजागर गर्ने उनले बताए ।  ‘यो बिषय अब बस्ने सार्वजनिक लेखा समितिमा पनि उठाउँछु, यदि उनले अहिले समेत पैसा नै नतिरी सरकारी स्वामित्वको जहाज उपयोग गरेको हो भने पैसा नलिने र नदिने दुबै कारबाहीका भागिदार हुन्,’ उनले भने ।

सार्वजनिक लेखा समितिकै सदस्य रहेकी सांसद धर्मशिला चापागाईं पनि यो विषयलाई संसदको बिषय बनाइने बताउँछिन् । ‘राजा होस कि रैती, राज्यको पैसा अपचलन गर्न पाइन्न । जो कोहीले अपचलन गरेको भए पनि यसलाई सरकारले उठाउनुपर्छ,’ उनले भनिन् ‘ यदि त्यति धेरै बक्यौता पूर्वराजाको नाममा हो भने महालेखाले समेत यसलाई किन बेरुजुको रुपमा उठाउन यो पनि चासोको बिषय हो । यदी दसी प्रमाणसहित नै उनको बक्यौता रहेको पुष्टि भएमा म आफैं पनि सार्वजनिक लेखा समितिमा उजुरी हाल्छु ।’

पर्यटन मन्त्री योगेश भट्टराईले पनि बक्यौता उठाउने भनेको बेला/बेलामा सुनेको बताउँदै सांसद चापागाईंले भनिन् ‘ मन्त्री ज्यूसँग म यसबारे अझ गहिराईमा पनि बुझ्नेछु । त्यसपछि आवश्यक प्रकिया अघि बढाउँछु ।’

यसअघि खबरहबसँगको एक कुराकानीमा मन्त्री भट्टराईले पूर्व राजपरिवारले विमान चढेवापत नउठेको रकमको हिसाव खोजिरहेको बताएका थिए । भदौमा गरिएको कुराकानीमा उनले असोज १ गतेपछि पैसा नतिर्नेको सूची सार्वजनिक गर्ने समेत बताएका थिए । तर उनले भनेको समयमा सूची भने सार्वजनिक गरेनन् ।

‘अहिले हामी राजपरिवारले प्रयोग गरेको वा चढेको विमानको नतिरको झण्डै पाँच करोड रुपैयाँको हिसाव खोजिरहेका छौं’ उनले भनेका थिए’ तत्कालिन राजामहाराजहरुले पैसा नतिरेर हाम्रा विमान कम्पनी डुबेका छन् । अहिले म त्यो उठाउन लागेको छुँ । त्यो सरकारले तिर्ने कि उनीहरुको जायजेथाबाट उठाउन भन्ने विषयमा हामी छलफलमा छौं ।’

निगमको ऋण ३७ अर्बभन्दा बढी

शुरुका दिनमा राम्रै नाफामा गएको राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमलाई राजनीतिक दलका नेता, विभागीय मन्त्रीहरु र कर्मचारीहरुले आफ्नो स्वार्थमा प्रयोग गर्दा निगम बद्नामीको बाटोमा छ ।

एकपछि अर्को काण्ड मच्चाउँदै आएको निगम अहिले अधोगतिको पथमा छ । २६ अर्ब रुपैयाँमा २ वटा वाइडबडी जहाज किनेपछि अहिले निगमको ऋण ३७ अर्बभन्दा बढी छ ।

लगातारको घाटाका कारण उसले वाइडबडी विमान खरिद गर्ने क्रममा कर्मचारी सञ्चय कोषबाट लिएको ऋणको किस्ता समेत तिर्न सकेको छैन । करोडौं लगानीमा भित्र्याइएका अधिकांश विमान पाईलट तथा यात्रु नपाएर थन्किएका छन् ।

घाटामा रहेको नेपाल बायुसेवा निगमको उठाउनु पर्ने वक्यौता रकम बढेको बढ्यै छ । ३७ अर्बभन्दा माथिको ऋणभार बोकेको निगमलाई वक्यौता रकम पनि अहिले टाउको दुखाईको विषय बनेको छ ।

पूर्वराजा ज्ञानेन्द्र शाहबाट बक्यौता रकम असुली गर्न नसकेको निगमले अरु बाँकी ऋण र कूल वक्यौता रकम कति छ भन्ने समेत पत्तो पाउन सकेको छैन ।

प्रकाशित मिति : १७ माघ २०७६, शुक्रबार  १२ : ३७ बजे

आईपीएल : वैभव सूर्यवंशी ४६ रनमा आउट, चलेन जैसवालको ब्याट

काठमाडौं – आईपीएल २०२६ को आइतबारको दोस्रो खेलमा दिल्ली क्यापिटल्स

ड्रोन आक्रमणपछि यूएईको आणविक केन्द्र बाहिर आगलागी

काठमाडौं – यूएईको अबुधाबीस्थित अल धफरा क्षेत्रमा रहेको बराकाह आणविक

मिथिला नगरपालिकाका ४८३ परिवारलाई लालपूर्जा वितरण

जनकपुरधाम – विगत लामो समयदेखि (भूमिहीन) सुकुमवासीको रूपमा बस्दै आएका

अण्डाको उत्पादन घट्यो, मूल्य बढ्यो

चितवन – गर्मी मौसमसँगै अण्डाको उत्पादन घट्दा मूल्य बढेको छ

आजका समाचार : एमालेको ब्यानरमा विद्या भण्डारी, जसपा–लोसपा एकीकरणमा त्रिपाठी असहमत र इबोलाको जोखिम बढ्दो

विद्या भण्डारी एमालेको ब्यानरमा, मदन–आश्रित स्मृति सभामा प्रमुख अतिथि विद्यादेवी