मेयर शाक्यले गरे चावहिलमा सार्न मिल्ने पुलको सिलान्यास, असार २७ गतेभित्र बनिसक्ने « Khabarhub

मेयर शाक्यले गरे चावहिलमा सार्न मिल्ने पुलको सिलान्यास, असार २७ गतेभित्र बनिसक्ने


१७ माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ महानगरपालिकाले चाबहिल चोकमा पैदल यात्रुको सहजताका लागि स्थानान्तरण गर्न सकिने आकाशे पुल निर्माण कार्य शुरु गरेको छ ।

फलामबाट बन्ने यो पुल निर्माण कार्य कान्छामान निर्माण सेवाले रु ८२ लाख ६६ हजारमा गर्ने भएको छ ।

निर्माण पक्षसँग गएको कात्तिक २७ गते नै सम्झौता भइसकेको छ । सम्झौताबमोजिम पुल निर्माणको काम २०७७ असार २७ गतेभित्र सम्पन्न गरिसक्नुपर्नेछ ।

आकाशे पुलका डिजाइनर इञ्जिनीयर प्रेमबहादुर श्रेष्ठका अनुसार पुलको लम्बाइ २३ मिटर र चौडाइ २ मिटरको हुनेछ ।

पुलको शिलान्यास बिहीबार कामपाका प्रमुख विद्यासुन्दर शाक्यले गरेका छन् ।

प्रमुख शाक्यले पैदल यात्रुको सुरक्षा र शहरी सवारी आवागमनलाई सहज बनाउन महानगरले यात्रुको धेरै चाप हुने ठाउँहरुमा क्रमशः आकाशे पुल निर्माण गर्दै जाने बनाए । पुल ६ महिनाभित्र बनाइसक्न उनले ठेकेदारलाई निर्देशन समेत दिए ।

पुलहरु आवश्यकताका आधारमा अर्को ठाउँमा पनि सार्न सक्ने खालका हुनेछन् । प्रमुख शाक्यले कामको परिणामका बारेमा कुरा गर्दै भने, “पूर्वाधार बनाउन शिलान्यास गर्ने तर काम नसकिएर उद्घाटन हुन नसक्ने समस्याबाट ग्रस्त बनेको वर्तमान सन्दर्भलाई समयमा नै पुल निर्माण सम्पन्न गरेर समयमा नै काम गर्न सकिन्छ भन्ने सन्देश दिन सक्नुपर्छ ।”

त्यसैगरी कामपाले चालू अर्थिक वर्षभित्र सक्नेगरी जयबागेश्वरी र माइतीघरमा पनि आकाशे पुल निर्माण गर्ने भएको छ । कामपाले यस वर्ष आकाशे पुल निर्माणका लागि रु पाँच करोड विनियोजन गरेको छ । नयाँ पुराना गरी काठमाडौँ उपत्यकामा ३० वटा आकाशे पुल छन् ।

प्रकाशित मिति : १७ माघ २०७६, शुक्रबार  १ : ३३ बजे

प्रधानमन्त्री कार्की र रास्वपा सभापति रवि लामिछानेबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौं – सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको

खेतखेतमा विद्युत् पुग्नुपर्छ : मन्त्री घिसिङ

नवलपरासी– ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार, यातायात एवं

सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न भएका तयारीबारे प्रधानमन्त्रीको चासो

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर