क्वान्टम कम्प्युटरको अनुसन्धानका लागि भारतले छुट्यायो १ खर्ब २८ अर्ब रुपैयाँ  « Khabarhub

क्वान्टम कम्प्युटरको अनुसन्धानका लागि भारतले छुट्यायो १ खर्ब २८ अर्ब रुपैयाँ 


१९ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- भारतले क्वान्टम कम्प्युटरको अनुसन्धानका लागि ८ हजार करोड भारु अर्थात १ खर्ब २८ अर्ब नेपाली रुपैयाँ खर्च गर्ने भएको छ ।

भारतकी वित्तमन्त्री निर्मला सितारमनले नेशनल मिसन अप क्वान्टम टेक्नोलोजी एण्ड एप्लिकेशन प्रोजेक्ट अन्तरगत प्रविधिको अनुसन्धानका लागि उक्त रकम छुट्याइएको बताइन् । सो रकम आगामी पाँच वर्षसम्ममा खर्चिने जनाइन् ।

सन् २०१६ मा युरोपियन कमिसनले क्वान्टम कम्प्युटिक परियोजनाका लागि १ अर्ब यूरो दिएको थियो भने २०१८ मा अमेरिकी राष्टपति डोनाल्ड ट्रम्पले १ अर्ब २ करोड डलर यस क्षेत्रमा लगानी गर्ने वाचा सहित विधेयकमा हस्ताक्षर गरेका थिए ।

यसैगरी चीनले समेत यस अघि नै क्वान्टम अनुसन्धानका लागि २ अर्ब अमेरिकी डलरको प्रतिवद्धता जनाइसकेको छ । त्यसबाहेक जापान, जर्मनी, क्यानडा लगायतका देशले समेत क्वान्टम कम्प्युटिङ कार्यक्रमलाई बढावा दिन विभिन्न स्किमहरु अगाडि बढाइसकेका छन् ।

यस क्षेत्रमा पछिल्लो पटक प्रवेश गरेको भारतसँग नयाँ प्रविधिको क्षेत्रमा काम गर्न एकदमै थोरै परियोजना मात्रै रहेका छन् । गत वर्ष मात्र भारतको विज्ञान तथा प्रविधि विभागले ८० करोड रुपैयाँ भारु बजेटमा क्वान्टम इनेबल साइन्स एण्ड टेक्नोलोजी परियोजनाका लागि हैदरावादमा छुट्टै संस्था खडा गरेको थियो ।

परम्परागत कम्प्युटरले नसक्ने समस्याको समाधानका लागि क्वान्टम कम्प्युटरकोव अवधारणा विकास भएको हो । अर्को तर्फ अमेजन र माइक्रोसफ्टले यस अघि देखि नै क्वान्टम कम्प्युटिङका लागि क्लाउड सर्भिसको अफर गरिरहेका छन् ।

प्रकाशित मिति : १९ माघ २०७६, आइतबार  ७ : २९ बजे

भक्तपुरमा पञ्चदान पर्वको रौनक (तस्बिरहरू)

भक्तपुर– बौद्ध धर्मावलम्बी नेवार समुदायको महत्त्वपूर्ण धार्मिक तथा सांस्कृतिक पर्व पञ्चदान

राष्ट्रियसभामा विधायन व्यवस्थापन समितिको प्रतिवेदन पेस

 काठमाडौं- राष्ट्रियसभाको आजको बैठकमा ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको

सरकारलाई राष्ट्रपति पौडेलको सुझाव : बाढीपीडित व्यवस्थापन र पुनर्निर्माण तीव्र बनाऊँ

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशी बाढीप्रभावितहरूको तत्काल व्यवस्थापन, सडक तथा

बालबालिकालाई सामाजिक सञ्जालमा ईयुको कडाइ

एजेन्सी– बालबालिकालाई अनलाइन जोखिमबाट जोगाउन युरोपेली सङ्घ (ईयु) ले सामाजिक

बालेनलाई रविको निर्देशन : बाढीपीडितको अपमान गर्नेलाई सरकार निर्मम छ भन्ने देखाउनुस्

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रधानमन्त्री