मिलनको फिल्ममा कहिल्यै नछुट्ने वर्षा ! | Khabarhub Khabarhub

मिलनको फिल्ममा कहिल्यै नछुट्ने वर्षा !


१९ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – निर्माता तथा निर्देशक मिलन चाम्सले केही समयअघि फिल्मका लागि नायिका चाहिएको भन्दै अडिसन आह्वान गरे । तर, त्यो अडिसन कहिले भयो, कसरी भयो भन्ने कुरा बाहिर ल्याएनन् ।

फिल्मवृत्तमा उनले खुलाएको त्यो अडिसन ‘फेक’ भएको भन्दै धेरैले मिडियाले समाचार बनाएनन् । त्यो फिल्मको काम कहाँ पुग्यो, कसैलाई पत्तो छैन । चाम्सले उक्त अडिसनमार्फत नायिकाको खोजी गरेका थिए ।

यतिबेला मिलन चाम्सले फिल्म ‘गोर्खा वारियर’ निर्माणको घोषणा गरेका छन् । फिल्ममा चल्तीका कलाकारको अभिनय रहने बताइएको छ । रमाइलो प्रसङ्ग के छ भने फिल्ममा नायिकाका रुपमा वर्षा शिवाकोटी अनुबन्ध भएकी छिन् ।

चाम्सले अडिसन आह्वान खुलाए पनि अन्ततः वर्षालाई नै फिल्ममा लिएका छन् ।

त्यसो त मिलन चाम्स र वर्षा शिवाकोटीको नाम जोडिएर गसिप बन्न थालेको लामो समय भइसकेको छ । पछिल्लो समय मिलनले वर्षालाई नै आफ्ना हरेक फिल्ममा लिने गरेका छन् । वर्षाले पनि अरु निर्माताका फिल्म नपाए पनि चाम्सका फिल्म आफ्नै होम प्रोडक्सनको फिल्मझैँ गरी पाइरहेकी छिन् ।

यसअघि ‘वीर विक्रम २’ मा पनि मिलनले वर्षालाई नै मुख्य भूमिकामा अभिनय गराएका थिए ।

फिल्मवृत्तमा के पनि हल्ला चल्ने गरेको छ भने, वर्षा शिवाकोटीसँगको सम्बन्ध बिग्रँदा मिलन चाम्सले नायिकाको खोजी भन्दै फेक अडिसन आह्वान गरेका थिए । तर, अहिले यी दुईबीच राम्रो सम्बन्ध छ ।

एकअर्कासँग नाम जोडिएर बारम्बार गसिप बने पनि सार्वजनिक रुपमा भने मिलनले वर्षासँगको सम्बन्धका बारेमा खासै कुरा गरेका हुँदैनन् । यता वर्षाले पनि चाम्सलाई ‘अभिभावक’ सरह भएको भन्दै दाबी गर्दै आइरहेकी छिन् ।

प्रकाशित मिति : १९ माघ २०७६, आइतबार  १२ : ४२ बजे

अलैँचीको मूल्य पाउँदा किसान उत्साहित

फुङ्लिङ– ताप्लेजुङका किसान यतिबेला अलैँची टिप्न व्यस्त छन् ।  टिपाइको मुख्य

गर्भवतीको समयमै हवाई उद्धार हुँदा …

खाँदबारी– सुत्केरी हुने क्रममा स्वास्थ्य अवस्था जटिल भएपछि सङ्खुवासभाको मकालु

कीर्तिपुर क्रिकेट मैदानको काम धमाधम, फ्लडलाइटको ६ वटै पोल उठाइयो (तस्बिरहरू)

काठमाडौं– कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानको काम अहिले धमाधम भइरहेको छ

नर्भिकले बढायो नर्सहरूको तलब 

काठमाडौं– नर्भिक इन्टरनेसनल अस्पतालले आफ्ना नर्सिङ कर्मचारीहरूको पारिश्रमिकमा वृद्धि गरेको

प्रहरीले मनायो कुकुर तिहार (तस्बिरहरू)

काठमाडौं– नेपाल प्रहरीले सेवा कुकुरसहित कुकुर तिहार पर्व मनाएको छ