पूर्वराजा ज्ञानेन्द्र जनुकपुरमा, ४ बजे जानकी मन्दिरमा पूजा गर्ने « Khabarhub

पूर्वराजा ज्ञानेन्द्र जनुकपुरमा, ४ बजे जानकी मन्दिरमा पूजा गर्ने


१ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–पूर्वराजा ज्ञानेन्द्र शाह तीर्थाटनका लागि जनकपुर पुगेका छन् । उनले अपरान्ह ४ बजे जनकपुर मन्दिरमा पूजाआजा गर्ने कार्यक्रम रहेको मन्दिर व्यवस्थापन समितिले जनाएको जनाएको छ ।

बिहीबार सर्लाहीको मलंगवास्थित दूर्गा भगवतीको मन्दिरमा दर्शन गर्न पुगेका पूर्वराजा ज्ञानेन्द्रलाई स्थानीय राजावादीले स्वागत गरेका थिए । उनको स्वागतको उल्लेख्य व्यक्ति उपस्थित भएका थिए ।

त्यस्तै ज्ञानेन्द्रको आज (बिहीबार) जनकपुरस्थित जानकी मन्दिरमा पूजाआजा गर्ने कार्यक्रम तय भएको छ । पूर्वराजाले पूजाआजा गर्ने भएपछि जनकपुरको सुरक्षा व्यवस्था कडा पारिएको छ । हिजो सर्लाहीका धेरै स्थानीयसँग छलफल गरेका राजाले आज जनकपुरमा केही बोल्ने हुन कि भन्ने अनुमान गरिएको स्थानीय सञ्चारकर्मीले बताएका छन् ।

त्यस्तै भोलि (शनिबार) पूर्वराजा ज्ञानेन्द्रको उदयपुर जाने कार्यक्रम छ । उनले उदयपुरको गाइघाटस्थित राधाकृष्ण मन्दिरको दर्शन गर्नेछन् । उनी उदयपुर जनकपुरबाटै जाने छन् । त्यस्तै आइतबार पूर्वराजा सप्तरीको चखडा भगवतीको दर्शन गर्न जाने कार्यक्रम रहेको छ ।

पूर्वराजा ३ दिनदेखि जनकपुरमा रहेका छन् । उनी जनकपुरस्थित सीताचरण होटलमा बसेका छन् । पूर्वराजा निजी सवारीमार्फत नै सर्लाही, उदयपुर र सप्तरी जाने कार्यक्रम छ ।

तराईमा सीके राउतसँग सरकारले गरेको ११ बुँदे सहमित, तराईलाई आधार बनाएर राजनीति गरिरहेको राजपाले सरकारलाई दिएको समर्थन र्फिता लिएको अवस्थामा पूर्वराजाको तराई भ्रमणलाई महत्वका साथ हेरिएको छ । उनको यो भ्रमण तीर्थाटनमा मात्र सीमित नभएको धेरैको विश्लेषण छ ।

प्रकाशित मिति : १ चैत्र २०७५, शुक्रबार  १ : २८ बजे

भोलिदेखि प्रति सिलिण्डर आधा ९५५ मा बिक्री वितरण गरिने

काठमाडौं – नेपाल आयल निगमले ग्यास सिलिण्डरमा ७.१ किलो एलपी

‘पिएम कप’ क्रिकेट गण्डकी प्रदेशस्तरीय छनोट सुरु, कास्कीको विजयी सुरुआत

कास्की – पोखरामा आजदेखि ‘प्रधानमन्त्री कप’ राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताका

मुलुकको राजनीतिक परिवर्तनमा महिलाको योगदान महत्वपूर्ण छः पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको लोकतान्त्रिक आन्दोलन र राजनीतिक

शंकर पोखरेलको आह्वान : मिडिया ट्रायलको भ्रममा नपर्नुस्

काठमाडौं – नेकपा एमालेका महासचिव शंकर पोखरेलले मिडिया ट्रायल र

रुद्रवेणी–वामीटक्सार–खर्बाङ सडक एक महिना बन्द हुने

गुल्मी – राष्ट्रिय राजमार्गअन्तर्गत गुल्मीको रुद्रवेणी–वामीटक्सार–खर्बाङ सडक एक महिनाका लागि