जेलमुक्त भएलगत्तै बेलायतमा अन्धाधुन्ध चक्कु प्रहार गर्ने सन्दिग्धको मृत्यु « Khabarhub

जेलमुक्त भएलगत्तै बेलायतमा अन्धाधुन्ध चक्कु प्रहार गर्ने सन्दिग्धको मृत्यु


२० माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जेलमुक्त भएलगत्तै लन्डनको स्ट्रीथम हाई रोडमा मानिसहरूलाई अन्धाधुन्ध चक्कु प्रहार गर्ने एक सन्दिग्ध प्रहरी कारबाहीमा मारिएका छन।

सुदेश अम्मान नाम गरेका २० वर्षीय व्यक्ति झन्डै एक साताअघि मात्र कारागारबाट छुटेको बेलायती प्रहरीले जनाएको छ।

आतङ्कवादसम्बन्धी अभियोगमा जेल परेका अम्मान तीन वर्ष चार महिनाको जेल सजायमा आधा कैद भुक्तान गरी एक साताअघि कारागार मुक्त भएका थिए ।

कारागारमुक्त भएको एक सातामै अम्मानले दक्षिणी लन्डनको स्ट्रीथम हाई रोडमा सर्वसाधारणलाई अन्धाधुन्ध चक्कु प्रहार गरेपछि प्रहरीले कारबाही गरेको थियो । सो क्रममा उनि मारिएको बीबीसीले जनाएको छ ।

अम्मानले एउटा पसलभित्र छिरेर मानिसहरूलाई चक्कु प्रहार गरेका थिए। त्यसपछि उनले बाहिर निस्किएर पनि एक महिलालाई पनि आक्रमण गरेको बताइएको छ।

आइतबार दिउँसो भएको सो आक्रमणमा तीन जना घाइते भए। तीमध्ये एक जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

अम्मान इस्लामिक अतिवादसँग जोडिएको प्रहरीले दावी गरेको छ।

प्रकाशित मिति : २० माघ २०७६, सोमबार  ११ : ५४ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना