‘चपली हाइट ३’ को गीतमा बोल्ड स्वस्तिमा र सुपुष्पा (भिडियो) « Khabarhub

‘चपली हाइट ३’ को गीतमा बोल्ड स्वस्तिमा र सुपुष्पा (भिडियो)


२० माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चैत्र २८ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘चपली हाइट ३’ मा समावेश गीत सार्वजनिक गरिएको छ । सोमवार राजधानीमा एक कार्यक्रमको आयोजना गरी गीत सार्वजनिक गरियो ।

‘चार आनाको मसला’ बोलको गीतमा राज लिम्बु र अस्मिता अधिकारीको स्वर सुन्न सकिन्छ । यस्तै गीतमा डिपी खनालका शब्द छन् भने सुवास भुसालले संगीत दिएका छन् ।

प्रदीप लामा र द नेक्स टिमले कोरियोग्राफी गरेको गीतको भिडियोमा फिल्मका शीर्ष कलाकार स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, आमिर गौतम लगायतको नृत्य देख्न सकिन्छ । भिडियोमा सुपुष्पा र स्वस्तिमालाई बोल्ड अवतारमा नाच्दै गरेको देख्न सकिन्छ ।

निकेश खडकाले निर्देशन गरेको यो फिल्मलाई अर्जुन कुमारले निर्माण गरेका हुन् । फिल्ममा पुरुषोत्तम प्रधानको छायांकन तथा दीर्घ खड्काको सम्पादन छ ।

यसैगरी फिल्मलाई अष्ट महर्जनले द्वन्द्व निर्देशन गरेका छन् भने सुवास भुसाल र अर्जुन कुमारले संगीत दिएका छन् ।

यस्तो छ गीत

प्रकाशित मिति : २० माघ २०७६, सोमबार  २ : ४९ बजे

‘महामारी सामना गर्न विश्वलाई थप तयारी आवश्यक’

जेनेभा– विश्व महामारी रोकथाम, पूर्वतयारी र प्रतिकार्यका लागि अझै पर्याप्त

रास्वपा अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिक विभागमा कार्कीसहित तीनजना नियुक्त

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिक विभाग

खगेन्द्र सुनारको प्रश्न : सांसदले संसदभित्रै महँगो चिया-खाजा खानुपर्ने अवस्था किन ?

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारले संघीय संसद् परिसरमा

बसभित्रै आत्मदाह प्रयास गरेका दावाको शरीर ९० प्रतिशत जल्यो, अवस्था गम्भीर

काठमाडौं- काठमाडौंको त्रिपुरेश्वरमा एक सार्वजनिक बसभित्रै आगो लगाएर आत्मदाह प्रयास

इटालीका विद्यालयमा बुर्का र नकाब प्रतिबन्धको तयारी

एजेन्सी – इटालीले विद्यालयमा बुर्का, नकाबलगायत अनुहार ढाक्ने पोसाकमा प्रतिबन्ध लगाउने