पाइतालामा होइन ताराहरुमा हेर, जे देख्छौ त्यसको अर्थ निकाल्न सिकः स्टेफन हकिङ « Khabarhub

पाइतालामा होइन ताराहरुमा हेर, जे देख्छौ त्यसको अर्थ निकाल्न सिकः स्टेफन हकिङ


२१ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

स्टेफन हकिङ बेलायती भौतिकशास्त्री हुन्। अक्सफोर्ड र क्याम्ब्रिज विश्वविद्यालयका भौतिक शास्त्री हकिङले ब्रह्माण्डको उत्पत्ति र संरचना विषयक अध्ययनमा महत्वपूर्ण योगदान दिएका छन् । बिग ब्याङ थ्योरी, ब्ल्याक होल्स र सापेक्षता हकिङका चर्चित सिद्धान्त हुन्।

विज्ञानमा योगदान दिने अल्बर्ट आइन्स्टाइनपछिका ठूला वैज्ञानिक मानिन्छन् हकिङ। आइन्स्टाइनले व्याख्या गर्न नसकेका भौतिक शास्त्रका विभिन्न विषयको व्याख्या हकिङले गरेका छन्। उनले भौतिकशास्त्र र ब्रह्माण्ड/खगोल शास्त्रबारे लेखेका पुस्तकहरूले ब्रह्माण्ड र विज्ञानबारे बुझ्न एवं धारणा बनाउन आम मानिसलाई सहज बनाइदिएको छ ।

स्टेफिन हकिङको जन्म सन् १९४२ जनवरी ८ मा बेलायतको अक्सफोर्डमा भएको थियो। उनी पढाइमा अब्बल थिए । उनका पिता फ्र्‍याङ्क हकिङ जीवविज्ञानका अन्वेषक थिए। माता इसोबेलले अर्थशास्त्रकी अध्यता थिइन् । उनी अध्ययनशील पारिवारिक वातावरणमा हुर्किए । विद्यालयको पहिलो वर्षका पढाइमा उनी कक्षामा अन्तिमबाट तेस्रो भएका थिए।

त्यतिबेला उनको विशेष रुचि बोर्ड गेममा थियो। हकिङ र उनका केही मिल्ने साथीहरूले मिलेर नयाँ गेमको सिर्जना गरेका थिए। किशोरावस्थामै उनले अवधारणात्मक गणितीय समीकरणका लागि साथीभाइसँग मिलेर थोत्रा पार्टबाट कम्प्युटर समेत बनाएका थिए।

१७ वर्षको हुँदा हकिङ अक्सफोर्ड विश्वविद्यालयको युनिभर्सिटी कलेज गए। उनको विशेष रुचि गणितमा थियो। विश्वविद्यालयले उक्त विषयमा डिग्री नदिने भएपछि भौतिकशास्त्र विशेषगरी खगोल विज्ञान पढ्न थाले। कक्षाकोठाको पढाइप्रति हकिङको धेरै रुचि थिएन।

एघार वर्षको हुँदा उनी सेन्ट अल्बान स्कूल गए। उनको बुबाको पुरानो कलेज, अक्स्फोर्डमा स्टिफन गणित अध्ययन गर्न चाहन्थे, यद्यपि उनको बुबाले उनलाई चिकित्सा शास्त्र पढाउन चाहन्थे। अक्स्फोर्ड विश्वविद्यालयमा गणित उपलब्ध थिएन, त्यसैले यसको सट्टा भौतिक विज्ञान अध्ययन गर्नतिर लागे उनी। तीन वर्षपछि उनलाई प्राकृतिक विज्ञानमा पहिलो कक्षाको सम्मान डिग्री प्रदान गरिएको थियो।

प्रोफेसर हकिङगले बाह्र विषयमा औपचारिक डिग्री हासिल गरेका थिए। उनलाई १९८१ मा सीबीई प्रदान गरियो, १९८९ मा क्यम्पिओन अफ अनरले सम्मानित गरिएको थियो। उनले धेरै पुरस्कारहरू, पदकहरू प्राप्त गरेका छन् । उनी रोयल सोसाइटीको फेलो र अमेरिकाको नेसनल अकाडमी अफ साइन्सका सदस्य पनि बनेका थिए ।

हकिङले पारमाणविक युद्धको जोखिम र विश्वव्यापी जलवायु परिवर्तनले पृथ्वीको आयुमा चुनौती थपिरहेको बताउने गरेका थिए। ‘मानव जातिलाई यसबाट जोगाउने एकमात्र उपाय भनेको अर्को बस्नयोग्य ग्रह पत्ता लगाउनु हो’ भन्ने उनको मान्यता थियो। उनले भनेका थिए, ‘मानवताको भविष्यका लागि हामीले अन्तरिक्षमा जाने सिलसिला जारी राख्नुपर्छ। हामी यो संवेदनशील ग्रहमा अर्को एक हजार वर्षभन्दा बढी जीवित रहन सक्नेछैनौं।’

सन १९६३ मा स्टिफन मोटर न्युरन बिमारबाट पीडित भएको थाहा भएको थियो। र, उनी दुई वर्ष मात्र बाँच्ने बताइएको थियो। शारीरिक अशक्तताका बावजुद पनि विज्ञानको क्षेत्रमा उनको उल्लेखनीय योगदान रह्यो । १४ मार्च २०१८ मा ७६ वर्षको उमेरमा उनको निधन भयो।

उनका मननयोग्य केही भनाइहरु

  • यदि तिमी जतिबेला पनि रिसाउँछौ वा गुनासो गर्छौ भने, मानिसहरुसंग तिम्रो लागि समय हुनेछैन।
  • परिवर्तनलाई स्वीकार गर्नु र सोही अनुसार हिंड्नु नै वास्तविक ज्ञान हो।
  • जीवन जतिसुकै अप्ठ्यारो देखियोस्, त्यहाँ केही न केही हुन्छ नै, जसमा तिमीले सफलता हासिल गर्न सक्छौ।
  • पाइतालामा होइन, ताराहरुमा हेर। जे देख्छौ , त्यसको अर्थ निकाल्न सिक।

प्रकाशित मिति : २१ माघ २०७६, मंगलबार  ६ : ३३ बजे

पीएलए र नेपाली सेनाबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको छ : प्रधानसेनापति

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले चिनियाँ जनमुक्ति सेना (पीएलए)ले पञ्चशीलको

क्यान्सर अस्पतालसम्म नगर बस सञ्चालन गरिँदै

बाँके – बाँकेको बैजनाथ गाउँपालिकाको सम्झना चोकबाट खजुरास्थित सुशील कोइराला

अनलाइन ठगीमा संलग्न तीन भारतीयसहित चार जना पक्राउ

बागमती – जिल्ला प्रहरी कार्यालय मकवानपुरले अनलाइन ठगीमा संलग्न तीन

निरन्तरको पलहका कारण वर्डफ्लु सङ्क्रमण नियन्त्रणतर्फ

चितवन – सरकारको सक्रियताका कारण वर्डफ्लु नियन्त्रण हुँदै गएको व्यवसायीहरूले

इजरायली प्रधानमन्त्री नेतन्याहुले मङ्गलबार अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने

जेरुसेलम – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले मङ्गलबार अमेरिकी राष्ट्रपति डोनाल्ड