त्रिकोणात्मक सिरिज : नेपालले लियो ओमानको दोस्रो विकेट « Khabarhub

त्रिकोणात्मक सिरिज : नेपालले लियो ओमानको दोस्रो विकेट


२२ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी क्रिकेट वर्ल्ड कप लिग टूमा नेपालले ओमानको दोस्रो विकेट लिएको छ ।

टस हारेर त्रिवि क्रिकेट मैदानमा ब्याटिङ गरिरहेको ओमानले ६ दशमलव २ ओभरमा दोस्रो विकेट गुमाएको हो ।

नेपालका लागि करण केसीले नै दोस्रो विकेट लिए । घरेलु दर्शकले हौसिएको नेपालले उत्कृष्ट प्रदर्शन गर्नै  पहिलो ओभरमै ओमानको विकेट लिएको थियो ।

ओमानका ओपनर जतिन्दर सिंहलाई पहिलो ओभरको अन्तिम वलमा ४ रनमा आउट गरेका केसीले खवार अलीलाई आउट गरेका छन ।

लगातार विकेट गुमाइरहेको ओमान अझ दबाबमा परेको छ । एक दिवसीय मान्यता पाएपछि नेपालले घरेलु मैदानमा पहिलो सिरिज खेलिरहेको हो।

त्रिवि किकेट मैदानमा कीर्तिपुरमा ओमानसँग खेल्दै नेपालले २०२३ मा हुने विश्वकपको यात्रा शुरु गर्नेछ । यसअर्थमा आजको दिन नेपाली क्रिकेटका लागि निकै महत्वपूर्ण मानिएको छ ।

प्रकाशित मिति : २२ माघ २०७६, बुधबार  १० : ०४ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु