राष्ट्रिय सहमतिका साथ गुठी विधेयक आउँछ : मन्त्री मानन्धर « Khabarhub

राष्ट्रिय सहमतिका साथ गुठी विधेयक आउँछ : मन्त्री मानन्धर


२२ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले राष्ट्रिय सहमति सहित गुठी विधेयक ल्याउने तयारीमा सरकार रहेको बताएका छन् ।

बुधबार काठमाडौंको दक्षिणी क्षेत्र छैमलेमा आयोजित एक कार्यक्रममा मन्त्री मानन्धरले सबै नागरिकले स्वामित्व ग्रहण गर्नेगरी विधेयक ल्याउने तयारीमा सरकार रहेको बताएका हुन् ।

नेपालको संविधानको अनुसुचि ८ र ९ अनुसार स्थानीय सरकारलाई उप्यकाको साँस्कृतिक गुठी सञ्चालनको अधिकार दिइनु उपयुक्त हुने भन्दै मन्त्री मानन्धरले सरकार यसको गृहकार्यमा सरकार लागेको बताए ।

मन्त्री मानन्धरले उपत्यकाको नेवार लगायतका समुदायले गुठीमार्फत् जन्मदेखि मृत्युसम्मका कार्यहरु गर्नुपर्ने र साँस्कृतिक पर्वहरु पनि गुठीका माध्यमबाट सञ्चालन हुने भएकाले जनभावना अनुसार विधेयक ल्याउनेबारे आन्तरिक छलफल भइरहेको बताए ।

स्थानीय सरकारलाई गुठी सञ्चालनको अधिकार दिंदा स्थानीय जनताको मर्म र भावना अनुसार काम गर्न सकिने मन्त्री मानन्धरको तर्क छ ।

काठमाडौं उपत्यकाको गुठी जनताको जीवन, संस्कृति र संस्कारसँग जोडिएकाले यसको संरक्षण स्थानीय सरकार मार्फत् गर्दा उपयुक्त हुनेमा सबै सहमत रहेकाले खास विवाद नभएको मन्त्री मानन्धरले बताए ।

गुठी विधेयकलाई जनताको भावनासाग जोड्न आफुले पहल गरेको बताउँदै मन्त्री मानन्धरले भुमि व्यवस्था मन्त्री पद्माकुमारी अर्यालसँग आफु निरन्तर सम्पर्कमा रहेको बताए ।

वर्तमान सरकार सुखी नेपाली समृद्ध नेपालको संकल्प सहित अघि बढीरहेकाले सबै जनताको भावना समेट्नेगरी विधेयक ल्याउने तयारीमा रहेको मन्नी मानन्धरको दाबी छ ।

कार्यक्रममा छैमलेका स्थानीयले उपत्यकाका विभिन्न गुठीहरुलाई संरक्षण गर्नेगरी गुठी विधेयक ल्याउन माग गरेका थिए ।
बुधबार मात्रै भुमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले काठमाडौं महानगरका मेयरसहित सरोकारवालासँग छलफल थालेकि छिन् ।

फरक प्रसंगमा मन्त्री मानन्धरले व्यवस्थीत सहरीकरणका लागि मन्त्रालयले योजना बनाइरहेको बताउँदै काठमाडौं उपत्यकाको काँठ क्षेत्रको विकासका लागि आफूले विशेष पहल थालेने बताए ।

प्रकाशित मिति : २२ माघ २०७६, बुधबार  २ : ०५ बजे

राष्ट्रपति कार्यालयमा संविधान दिवसको विशेष समारोह (तस्बिरहरु)

काठमाडौं- संविधान दिवस (राष्ट्रिय दिवस) २०८३ का अवसरमा शनिबार राष्ट्रपति

असहमतिलाई सम्मान गर्ने र आलोचनाबाट सिक्ने संस्कारले मात्र लोकतन्त्र बलियो हुन्छ : राष्ट्रपति पौडेल

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले असहमतिलाई सम्मान गर्ने, आलोचनाबाट सिक्ने र

कृषि विश्वविद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै

चितवन- कृषि तथा वन विज्ञान विश्वविद्यालयमा स्नातक तहमा अध्ययन गर्न

नेपाल पुलिस स्कुललाई रनिङ फुटबल ट्रफीको उपाधि

भक्तपुर- यस वर्षको सैनिक आवासीय महाविद्यालय अन्तरविद्यालय रनिङ फुटबल ट्रफीको

प्रधानमन्त्रीलाई प्रभु साहको सुझाव : जंगी अड्डामा होइन जनतामा फर्कनुहोस

वीरगञ्ज- आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु