खाना जे होला स्वाद बढाउन कोका–कोला « Khabarhub

खाना जे होला स्वाद बढाउन कोका–कोला


२२ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोका–कोला मोःमोःउत्सव नेपालमा पाचौंँ संस्करणको लागि जुटेको छ ।

हरेक वर्षको शुरुवातमा आयोजना हुने कोका–कोला मोःमोःउत्सव एक पर्व हो जसले नेपालीहरुको प्रिय पेय पदार्थ र लोकप्रिय खाना अर्थात कोक र मःमः को उत्कृष्ट संयोजनको प्रतीत गर्दछ ।

विगत चार वर्षको सफलताका साथ मोःमोःउत्सवमा यस वर्ष आइकोनिक मःमः मात्र नभएर नेपालको सबै परिकारका लोकप्रिय खानाहरुको संयोजन गरिएको छ । यो अभियानको ट्यागलाइन “खाना जे होला स्वाद बढाउन कोका–कोला” रहेको छ, जसको अर्थ खाना जे भएपनि कोका–कोलाले त्यसको स्वाद बढाएर कुनै पनि क्षणहरुलाई उत्सवमा परिवर्तन गर्दछ ।

कोका–कोलासँग विभिन्न परिकारका खानाहरुको उत्सव मनाउँदै, आफ्ना उपभोक्ताहरुलाई हृदयमा राखेर, खाना र नेपाली संस्कृतिको महत्वमा केन्द्रित रहेर कोका–कोलाको नयाँ अभियान उपभोक्ता केन्द्रित रहेको कम्पनीले जनाएको छ ।

यस अभियानमा विभिन्न लोकप्रिय अभिनेत्री सम्रागी आर.एल. शाह र अलिशा राई र गायिका केन्जल श्रेष्ठ, जेय अथर र आइजेन सामेल छन् ।
यस अभियानका बारेमा बोल्दै कोका–कोला नेपालका कन्ट्री डाइरेक्टर अम्बुज सिंहले भने, “कोका–कोला र खानाको संयोजन विश्वव्यापी परम्परा हो । नेपालमा पनि हामीले “खाना जे होला स्वाद बढाउन कोका–कोला” नाराका साथ दिर्घकालन रुपमा कोका–कोला र खानाको अभियान सार्वजनिक गरेका छौं । यस अभियानको दौरान हामीले कोकलाई लोकप्रिय नेपाली खानाहरुसँग जोडेर धेरै कार्यक्रमहरु संचालन गर्नेछौं ।”

बोटलर्स नेपाल लिमिटेडका प्रबन्ध निर्देशक प्रदीप पाण्डेले भन्नुभयो, “हामी कोका–कोला मोःमोःउत्सवको पाचौं संस्करणमा पुग्दा निकै खुसी छौं, जहाँ हामीले कोक र नेपालीहरुको लोकप्रिय खाना मःमः को संयोजनको उत्सव मनाउछौं । यो वर्षको नारा “खाना जे होला स्वाद बढाउन कोका–कोला” ले हाम्रा उपभोक्ताहरुलाई कोकको स्वाद र विभिन्न परिकारको स्वादिष्ट खानाहरुसँग जोड्दछ ।”

यसबाहेक, मोःमोःउत्सव अभियाको हिस्सा अन्तर्गत विभिन्न रेष्टुरेन्टहरुले कोक र मःमःको कम्बोमा आकर्षक अफरहरु प्रदान गरिरहेको छ ।

यसका साथै मोःमोःउत्सव पारखीहरुका लागी यस वर्ष कोका–कोला नेपालले थुप्रै आश्चर्यहरु तयार पारिसकेको छ । कोका–कोला मोःमोःउत्सव पर्वको बारेमा सम्पूर्ण जानकारीका लागि तपाईंहरुले कोका–कोला नेपालको आधिकारिक फेसबुक र इन्स्टाग्राम पेजहरु @cocacolanepal लाइक र फलो गर्नुपर्नेछ ।

प्रकाशित मिति : २२ माघ २०७६, बुधबार  ५ : ३८ बजे

नाग्म–गमगढी मार्गमा सात पुल निर्माण

जुम्ला– नाग्म–गमगढी सडकखण्डमा सात पक्की पुल निर्माण गरिएको छ ।

दीक्षित आमा भन्छन्- इच्छाशक्ति र परिवारको साथ मिले सफलताको ढोका बन्द हुँदैन

काठमाडौं– बच्चा हुर्काउँदै अध्ययनलाई निरन्तरता दिनु पक्कै पनि सामान्य होइन्

स्क्यान्डिनेभियातर्फ रूसी बमवर्षक उडान

एजेन्सी – रूसी आणविक–सक्षम बमवर्षक विमानहरूले स्क्यान्डिनेभियाको उत्तरतर्फ पर्ने नर्वेजियन

निर्वाचनको वातावरण बनाउनुपर्नेमा उपसभापति गुरुङको जोड

पाटन– नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले निर्वाचनको वातावरण बनाउनुपर्नेमा जोड

रुस–युक्रेन सङ्घर्ष र सन् २०२५ का कूटनीतिक प्रयासहरू

काठमाडौं– सन् २०२२ मा सुरु भएको रुस–युक्रेन युद्ध अब केवल