सलबलाउँदै असन्तुष्टि : राज्यसत्तामै फेरबदलको मागदेखि संविधान संशोधनसम्म « Khabarhub

सलबलाउँदै असन्तुष्टि : राज्यसत्तामै फेरबदलको मागदेखि संविधान संशोधनसम्म


२ चैत्र २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–संविधानसभाबाट संविधान जारी भई स्थिर सरकार बनेकै एक वर्ष बितिसके पनि संविधान र संस्थापनप्रति असन्तुष्ट स्वरहरु मत्थर भएका छैनन् । उल्टै मुखरित हुँदैगएको कान्तिपुरमा खबर छ । तीमध्ये सरकारमाथि औंला ठड्याउनेहरुमा राप्रपा, राजपा, संघीय समाजवादी फोरम, नेत्रविक्रम चन्द नेतृत्वको समूह र हालै सरकारसँग सहमतिमा आएको सीके राउत समूह मुख्य छन् । भिन्न भिन्न प्रकृतिका यी दल र समूहहरुको संस्थापनप्रतिको असन्तुष्टि पनि फरकफरक छन् । कसैको स्पष्ट कार्यदिशा छ भने कोही गोलमटोल माग राखेर आफ्ना अनसन्तुष्टि पस्किरहेका छन् ।

राजपाले संविधानमा नागरिकता, भाषा, प्रतिनिधित्व र सीमा हेरफेरको प्रावधानमा संशोधनको माग राखेको छ । त्यस्तै संघीय समाजवादी फोरमले संविधानका केही प्रावधानलाई संशोधन गर्न माग गरेको छ । राप्रपाले हिन्द राज्य, राजसंस्था पुनःस्थतापनालगायतको माग राखेको छ । विप्लव समूहले पनि राज्य सत्ता नै फेरबदलसहित संसदीय गणतन्त्र फाल्ने, वैज्ञानिक समाजवाद ल्याउने योजना सुनाएको छ । त्यस्तै राउत समूहले स्वशासनको अधिकार खोज्दै विखण्डनको मुद्दा छाडेपछि नयाँ कार्यदिशा तय गर्दै छ ।

सरकारले भने संविधानबाटै सबैका माग सम्बोधन हुने दाबी गर्दै आएको छ ।

त्यस्तै लगानी सम्मेलनलाई ३० दशमलव ५ अर्बका आयोजना शीर्षकको समाचारमा सरकारले आयोजना गर्न लागेको लगानी सम्मेलनमा साढे ३० खर्बका ६३ आयोजनामा लगानीका लागि आह्वान गर्ने भएको छ । लगानीसम्मेलनपछि कोरियाली कारले नेपालमा कारखाना खोल्ने तयारी गरेको छ ।

प्रकाशित मिति : २ चैत्र २०७५, शनिबार  ७ : २९ बजे

निर्वाचनको विकल्प छैन : सभापति लामिछाने

नारायणगढ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले वर्तमान परिस्थितिमा

चिसोले इरान प्रवेश गर्ने क्रममा तीन अफगानी नागरिकको मृत्यु

एजेन्सी– अफगानिस्तानको पश्चिमी प्रान्त हेरातबाट इरान शरण लिन हिँडेका तीन

सामुदायिक रेडियो नै समुदायको आवाज हो : मुख्यमन्त्री बानियाँ

चितवन– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सामुदायिक रेडियोहरू समुदाय केन्द्रित

दोस्रो महानगरस्तरीय बडीबिल्डिङ च्याम्पियनसिप जेठ २९ र ३० मा

काठमाडौं– काठमाडौँ महानगरपालिकाको वडा नम्बर २२ को आयोजनामा आउँदो वर्ष

समाज परिवर्तनका लागि राजनीति गरिनुपर्छ : मन्त्री घिसिङ

चितवन– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले समाज परिवर्तन र