काश्मिरमा जनमतसङ्ग्रह गराउन अन्तर्राष्ट्रिय समुदायलाई आह्वान « Khabarhub

काश्मिरमा जनमतसङ्ग्रह गराउन अन्तर्राष्ट्रिय समुदायलाई आह्वान


२२ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पाकिस्तानले काश्मिरी जनताको आत्मनिर्णयको अधिकारको सम्मान गर्दै जनमतसङ्ग्रह गराउन संयुक्त राष्ट्रसङ्घले गरेको प्रतिबद्धता कार्यान्वयनका निम्ति अन्तरराष्ट्रिय समुदायलाई आह्वान गरेको छ ।

काश्मिर ऐक्यबद्धता दिवसका अवसरमा आज राजधानीमा भएको अन्तरसंवाद कार्यक्रममा नेपालका लागि पाकिस्तानी राजदूत मजहर जावेदले ७० वर्षअघि राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले पारित गरेको काश्मिरसम्बन्धी प्रस्ताव कार्यान्वयनमा विश्व समुदायले सघाउनुपर्नेमा जोड दिए ।

दक्षिण एशियाको शान्ति, स्थायित्व र विकासका लागि उक्त समस्या हल गर्नु अपरिहार्य भएको बताउँदै उनले बितेका ६ महिनामा उक्त क्षेत्रका जनता आधारभूत सेवाबाट वञ्चित भएकाले त्यसनिम्ति मानवअधिकारकर्मी, नागरिक समाज, सञ्चारकर्मीसहित अन्तरराष्ट्रिय समुदायको सहयोग आवश्यक भएकामा जोड दिए ।

५० वर्षपछि राष्ट्रसङ्घको यो विवाद समाधान गर्ने प्रयासस्वरुप गत महिना छलफल भएको जानकारी दिँदै आफूहरु परिणामको प्रतीक्षामा रहेको उनले बताए।

फरक प्रसङ्गमा उनले नेपाल र पाकिस्तानबीच सुमधुर सम्बन्ध रहेको र त्यसलाई अझ प्रगाढ तुल्याउन आफू दृढ रहेको बताउँदै समय–समयमा दुवै देशबाट हुने उच्चस्तरीय भ्रमणले पारस्परिक सम्बन्धलाई नवीकरण गर्न र एकअर्कालाई नजिकबाट बुझ्न सहयोग पुगेको बताए ।

कार्यक्रममा नेपाल–पाकिस्तान मैत्री तथा सांस्कृतिक सङ्गठनका अध्यक्ष हिमालय शम्शेर जवरा, महासचिव मञ्जुरत्न शाक्य, पत्रकारहरू नरेन्द्र उपाध्याय, राजनसिंह कार्की, देवेन्द्र चुडाललगायतले वार्ता र संवादका माध्यमबाट समस्याको निकास खोजिनुपर्ने बताए ।

त्यसअघि पाकिस्तानका राष्ट्रपति, प्रधानमन्त्री र परराष्ट्रमन्त्रीले ऐक्यबद्धता दिवसका अवसरमा जारी गरेका सन्देश वाचन गरिएका थिए ।

प्रकाशित मिति : २२ माघ २०७६, बुधबार  ९ : ५० बजे

जेष्ठ वर्ण महाविहारलाई युनेस्कोको अवार्ड

काठमाडौँ – भारत सरकारको अनुदान सहयोगमा पुनर्स्थापना गरिएको ललितपुरस्थित ऐतिहासिक

विभागद्वारा बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री नगर्न निर्देशन

काठमाडौँ – पशुसेवा विभागले बर्डफ्लु सङ्क्रमण भएका कुखुरा, हाँस, बट्टाइलगायत

बोपुङको वासिङ पहिरोः बर्सेनि उठीबास हुँदै आसपासका स्थानीयवासी

खोटाङ, १९ असारः जन्तेढुङ्गा गाउँपालिका-२ बोपुङको वासिङ पहिरोले बर्सेनि स्थानीयवासीलाई

खामेनीको अन्त्येष्टि अघि इरानद्वारा अमेरिकाको आलोचना, कफिनमा ‘रातो झण्डा’ ओढाइयो

काठमाडौँ – इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको अन्त्येष्टिको तयारी

रोनाल्डो र मोड्रिचको तस्बिर राख्दै सन्दीपले लेखे– ‘अन्तिम मिनेटको ड्रामा, उत्कृष्ट खेल’

काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले