विदेशीलाई श्रम स्वीकृतिमा सहजीकरण गर्ने सरकारको निर्णय « Khabarhub

विदेशीलाई श्रम स्वीकृतिमा सहजीकरण गर्ने सरकारको निर्णय


२३ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले विकास सहायता तथा प्राविधिक मिसनको सिलसिलामा नेपाल आउने विदेशी नागरिकलाई श्रम स्वीकृतिलगायत अन्य प्रक्रियामा सहजीकरण गर्ने निर्णय गरेको छ ।

यही माघ २० गते बसेको मन्त्रिपरिषद् बैठकले त्यस्तो प्रयोजनका लागि नेपाल आउने विदेशी विज्ञ, परामर्शदाता, कर्मचारी, स्वयंसेवक तथा कामदारलाई प्रवेशाज्ञा र कार्यसहमति प्रदानमा सहजीकरण गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए ।

नेपालमा रहेर विभिन्न काम गर्दै आएका विदेशी नागरिकले सम्बन्धित मन्त्रालयको सिफारिशमा गृहमन्त्रालयको कार्यसहमति र श्रम विभागबाट श्रम इजाजत लिएर मात्र नेपालमा काम गर्न पाउँछन् ।

प्रकाशित मिति : २३ माघ २०७६, बिहीबार  १० : ४५ बजे

पति-पत्नीलाई गोली हानी डकैती गरेको अभियोगमा तीनजना पक्राउ

जलेश्वर– स्थानीय सोनमा गाउँपालिका–३ खखना गाउँमा गत जेठ २० गते

गगनले भने- सरकारकै योजनामा गाडी तेर्स्याइयो 

काठमाडौं– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति गगन थापाले सञ्चारमाध्यम, व्यावसायिक

गगन थापाको निवासअगाडि तेर्स्याइएको गाडी प्रहरीले उठायो

काठमाडौं– कांंग्रेस सभापति गगन थापाको निवास अगाडि तेर्स्याइएको गाडी प्रहरीले

सञ्चारगृह र पत्रकारलाई त्रसित पार्ने प्रयास निन्दनीय : उज्यालो नेपाल

काठमाडौं- उज्यालो नेपाल पार्टीले हिमालय टेलिभिजन, अनलाइनखबर तथा कान्तिपुर दैनिकको

सुहाङले भने- सरकारले मानवीय मर्यादा र बालबालिकाको भविष्यको बेवास्ता नगरोस् 

काठमाडौं– नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले कानुनको कार्यान्वयन गर्दा राज्यले