भ्रष्टाचारी जो भए पनि कारवाही हुनुपर्छ: नेता थापा « Khabarhub

भ्रष्टाचारी जो भए पनि कारवाही हुनुपर्छ: नेता थापा


२४ माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले भ्रष्ट्राचार मुद्दामा दोषी देखिए जो कोहीलाई पनि कारवाही हुनुपर्ने बताएका छन् ।

नेपाली काँग्रेस नगरसमिति कालिका नगरपालिकाले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै नेता थापाले भ्रष्ट्राचार मुद्दामा दोषी सबैलाई मेरो तेरो नभनी कारवाही गर्नुपर्ने बताए ।

सरकारले ललिता निवासको जग्गाको विषयमा काँग्रेस उपसभापतिलाई मुद्दा दर्ता गरेर तत्कालीन प्रधानमन्त्रीलाई जोगाउन खोजेको उनको आरोप थियो ।

उनले भने, “ललिता निवासको जग्गाको विषयमा फाइल उठाएर लैजाने मन्त्रीलाई मुद्दा लाग्ने र क्याबिनेटबाट पास गराउने प्रधानमन्त्रीलाई कारवाही नहुनुे कस्तो बिडम्बना हो ।”

उनले अहिलेको सरकारले जन अपेक्षा अनुसार काम गर्न नसकेको आरोप लगाए । सरकारले जनताको बोल्न पाउने अधिकार खोसेर जनभावना विपरीत काम गर्न खोजेको समेत उनको भनाइ थियो ।

फरक प्रसङ्गमा बोल्दै उहाँले पार्टीभित्रको कतिपय प्रवृति बदल्दै नेतृत्वको अनुहार पनि बदल्नु आवश्यक रहेको बताए ।

जनताले अहिले सङ्गठित काँग्रेस खोजेको भन्दै उहाँले अब जनताको पक्षमा लाग्नुपर्ने समय आएको बताए ।

कार्यक्रममा नेपाली काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, पूर्व सभापति टेकप्रसाद गुरुङ्, महासमिति सदस्य कमलप्रसाद आचार्य, निरुजा श्रेष्ठलगायतले बोल्नु भएको थियो ।

प्रकाशित मिति : २४ माघ २०७६, शुक्रबार  ८ : १४ बजे

बस्ती छाड्ने तरखरमा थापाथलीका सुकुम्वासी (तस्बिरहरू)

काठमाडौं– प्रहरीले बिहीबार बेलुकी बस्ती छाड्न माइकिङ गरेसँगै अहिले थापाथलीस्थित बागमती

धानमा गवाँरो र मकैमा फौजीकिराको समस्या

चितवन– चितवनमा लगाइएको चैते धानमा गवाँरोको समस्या देखिएको छ ।

रेखा निर्देशित फिल्म तीजमा प्रदर्शन, दयाहाङसँग बक्स अफिस क्ल्यास

काठमाडौं – नायिका रेखा थापाको निर्देशनमा बनेको फिल्म ‘माया भनेकै

लागूऔषधसहित विभिन्न स्थानबाट १२ जना पक्राउ

काठमाडौं– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित

सार्क विकास प्रतिवेदनमा साझा सहमति

काठमाडौं– सार्क विकास प्रतिवेदनमा सदस्य राष्ट्रहरूले सहमति जनाएका छन् ।