भ्रष्टाचारी जो भए पनि कारवाही हुनुपर्छ: नेता थापा | Khabarhub Khabarhub

भ्रष्टाचारी जो भए पनि कारवाही हुनुपर्छ: नेता थापा


२४ माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले भ्रष्ट्राचार मुद्दामा दोषी देखिए जो कोहीलाई पनि कारवाही हुनुपर्ने बताएका छन् ।

नेपाली काँग्रेस नगरसमिति कालिका नगरपालिकाले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै नेता थापाले भ्रष्ट्राचार मुद्दामा दोषी सबैलाई मेरो तेरो नभनी कारवाही गर्नुपर्ने बताए ।

सरकारले ललिता निवासको जग्गाको विषयमा काँग्रेस उपसभापतिलाई मुद्दा दर्ता गरेर तत्कालीन प्रधानमन्त्रीलाई जोगाउन खोजेको उनको आरोप थियो ।

उनले भने, “ललिता निवासको जग्गाको विषयमा फाइल उठाएर लैजाने मन्त्रीलाई मुद्दा लाग्ने र क्याबिनेटबाट पास गराउने प्रधानमन्त्रीलाई कारवाही नहुनुे कस्तो बिडम्बना हो ।”

उनले अहिलेको सरकारले जन अपेक्षा अनुसार काम गर्न नसकेको आरोप लगाए । सरकारले जनताको बोल्न पाउने अधिकार खोसेर जनभावना विपरीत काम गर्न खोजेको समेत उनको भनाइ थियो ।

फरक प्रसङ्गमा बोल्दै उहाँले पार्टीभित्रको कतिपय प्रवृति बदल्दै नेतृत्वको अनुहार पनि बदल्नु आवश्यक रहेको बताए ।

जनताले अहिले सङ्गठित काँग्रेस खोजेको भन्दै उहाँले अब जनताको पक्षमा लाग्नुपर्ने समय आएको बताए ।

कार्यक्रममा नेपाली काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, पूर्व सभापति टेकप्रसाद गुरुङ्, महासमिति सदस्य कमलप्रसाद आचार्य, निरुजा श्रेष्ठलगायतले बोल्नु भएको थियो ।

प्रकाशित मिति : २४ माघ २०७६, शुक्रबार  ८ : १४ बजे

संविधानको पालना गर्न सबैलाई प्रेरणा मिलोस् : सभामुख घिमिरे

काठमाडौं– सभामुख देवराज घिमिरेले लोकतन्त्रको मूल मर्म र नेपाली जनताको

संविधानले सबैको हकअधिकार सुनिश्चित गरेको छ : देउवा

काठमाडौं– नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको संविधानले

मौलिक हकको अक्षरशः कार्यान्वयनमा उपराष्ट्रपति यादवको जोड

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले संविधानमा उल्लेखित मौलिक हकसम्बन्धी सम्पूर्ण कानुनी

संविधानले नेपाली समाजलाई एकताको सूत्रमा आबद्ध गरेको छ : राष्ट्रपति 

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले संविधानले केन्द्रीकृत र एकात्मक राज्य व्यवस्थाद्वारा

बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल असोज ३ गते बिहीबार सन्