एक लाख ४४ हजार श्रमिक सामाजिक सुरक्षामा सहभागी « Khabarhub

एक लाख ४४ हजार श्रमिक सामाजिक सुरक्षामा सहभागी


२५ माघ २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा सहभागी हुने श्रमिकको सङ्ख्या एक लाख ४४ हजार नाघेको छ ।

शुक्रबारसम्म कुल एक लाख ४४ हजार १४४ श्रमिक योजनामा सहभागी भएको सामाजिक सुरक्षा कोषले जनाएको छ ।

यस्तै कोषमा सूचीकृत हुने रोजगारदाताको सङ्ख्या १२ हजार १३५ पुगेको छ । कोषमा सबैभन्दा बढी बागमती प्रदेशका श्रमिक सूचीकृत भएका छन् ।

सो प्रदेशबाट एक लाख चार हजार ७१२ श्रमिक सूचीकृत भएका कोषले जनाएको छ । यस्तै प्रदेश नं १ बाट २१ हजार ३२१, प्रदेश नं २ बाट आठ हजार ८५३, गण्डकी प्रदेशबाट पाँच हजार २२३, प्रदेश नं ५ बाट तीन हजार ४००, सुदूरपश्चिम प्रदेशबाट ४६६ र कर्णाली प्रदेशबाट १६९ श्रमिक सूचीकृत भएका छन् ।

यस्तै बागमती प्रदेशबाट सबैभन्दा बढी आठ हजार ११६ रोजगारदाता कोषमा आबद्ध भएका छन् ।

यसैगरी प्रदेश नं १ बाट एक हजार ८६०, प्रदेश नं ५ बाट ८७०, गण्डकी प्रदेशबाट ५५६, प्रदेश नं २ बाट ४८२, सुदूरपश्चिमबाट १३० र कर्णाली प्रदेशबाट १२१ रोजगारदाता कोषमा सूचीकृत भएका छन् ।

शुक्रबारसम्म कोषमा रु ५८ करोड २२ लाख ६८ हजार १३१ योगदान रकम सङ्कलन भइसकेको छ । कोषबाट छ श्रमिकका आश्रित परिवारले आर्थिक सहायता लिँदै आएका छन् ।

कोषमा रोजगारदाता र श्रमिकको उल्लेख्य सहभागिता हुन सकेको छैन । विभिन्न नीतिगत जटिलता रहेको भन्दै रोजगारदाता कोषमा सहभागी हुन आलटाल गर्दै आएका छन् ।

केन्द्रीय तथ्याङ्क विभागले गरेको प्रथम राष्ट्रिय आर्थिक गणना २०७५ को प्रारम्भिक नतिजाअनुसार नेपालमा सञ्चालित प्रतिष्ठानको सङ्ख्या नौ लाख २२ हजार ४४५ छ । यस्तै ती प्रतिष्ठानमा ३४ लाख आठ हजार ७४६ जनशक्ति सक्रियरूपमा लागेका छन् ।

सरकारले बढीभन्दा बढी रोजगारदाता र श्रमिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याउन रणनीतिक सञ्चारसहित औद्योगिक कोरिडोरमा प्रवद्र्धनात्मक कार्यक्रम सञ्चालन गर्ने घोषणा गरे पनि त्यसले मूर्तरुप लिन सकेको छैन ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले तीन महिनाभित्र थप एक लाख श्रमिकलाई कोषमा सूचीकृत गराउने योजना सार्वजनिक गरेका छन् । कोषले औषधोपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा, दुर्घटना तथा अशक्ततता सुरक्षा, आश्रित परिवार सुरक्षा र वृद्धावस्था सुरक्षा योजना सञ्चालन गर्दै आएको छ ।

प्रकाशित मिति : २५ माघ २०७६, शनिबार  ७ : २४ बजे

पूर्णबहादुर खड्काले भनेः अवैधानिक निर्णयविरुद्धको रिट फिर्ता भएको छैन

काठमाडौं – नेपाली कांग्रेसको आधिकारिकता गुमाएको समूहका कार्यवाहक सभापति पूर्णबहादुर

फिल्म ‘श्री बुकुरो : द होम कलिङ’ फागुन १ मा आउने

काठमाडौं – सुदीप भुपाल सिंहको निर्देशनमा बनेको फिल्म ‘श्री बुकुरो

माटोको ढिस्कोले पुरिँदा एक मजदूरको मृत्यु, एक घाइते

दाङ – लमही नगरपालिका–७ मा रहेको सम्राट सिमेन्ट उद्योगमा काम

उज्यालो पार्टीका अध्यक्ष कुलमान घिसिङ काठमाडौं–३ बाट उम्मेदवार बन्ने

काठमाडौं – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ काठमाडौं निर्वाचन

फ्ल्यागशिपस्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक

काठमाडौं- विश्वव्यापी प्रविधि कम्पनी शाओमीले नेपालमा आफ्नो रेड्मी नोट १५