कमलसिंह ऐरीको राष्ट्रिय टोलीबाट डेब्यु, नेपालले ६ ओभरमा बनायो १८ रन | Khabarhub Khabarhub

कमलसिंह ऐरीको राष्ट्रिय टोलीबाट डेब्यु, नेपालले ६ ओभरमा बनायो १८ रन


२६ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तरगत आफ्नो तेस्रो खेलमा ओमानसँग प्रतिस्पर्धा गरिरहेको नेपालले १८ रन बनाएको छ ।

कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा जारी खेलमा ६ ओभरमा विना विकेटको क्षतीमा नेपालले १८ रन बनाएको छ ।

नेपालका लागि ओपनर द्वय कप्तान ज्ञानेन्द्र मल्ल र सुवास खकुरेल क्रिजमा छन् । दुवैले ९/९ रन बनाएका छन् ।

ओमानविरुद्ध टस हारेर पहिलो ब्याटिङ गरिरहेको नेपालले आजको खेलमा एक खेलाडी परिवर्तन गरेको छ । जसमा यसअघि लगातार दुई खेल खेलेका अभिनास बोहराको स्थानमा कमलसिंह ऐरीले टोलीमा स्थान बनाएका छन् ।

कमल पहिलो पटक राष्ट्रिय टोलीमा परेका हुन् । ओमानव्रिद्धको खेल राष्ट्रिय टोलीबाट खेलेको पहिलो खेल हो ।

एकदिवसिय शृङ्खलामा डेब्यु अवसर पाएका ऐरीको प्रदर्शन भने यसअघिका खेलका नेपालका डेब्यु गरेको खेलाडीको जस्तो हुन्छ हुँदैन भन्ने हेर्न बाँकी छ ।

यसअघि एकदिवसियमा डेब्यु गरेका सुशन भारीले डेब्यु खेलमा ५ विकेट लिएका थिए भने कुशल मल्लले अर्धशतकिय किर्तिमानी इनिङ खेलेका थिए ।

लिग २ अन्तरगत नेपाल अमेरिका र ओमानबीचको शृङ्खलामा नेपालले शनिबार पहिलो जीत हात पारेको थियो । लिग २ अन्तरगत त्रिकोणात्मक शृङ्खला विश्वकप २०२३ को रोडम्यापसमेत हो । यसको शीर्ष ३ टाली दोस्रो चरणको क्वालिफायरमा पुग्नेछन् भने पुछारका ४ टोली च्यालेन्जर खेल्नेछन् ।

प्रकाशित मिति : २६ माघ २०७६, आइतबार  ९ : ५७ बजे

विप्लवलाई भेट्न प्रचण्ड पुगे हरिसिद्धि

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल

तारकेश्वरमा माइक्रो बस साङ्ला खोलामा खस्यो

काठमाडौं– तारकेश्वर नगरपालिका ७ मा सोमबार बिहान इभी माइक्रो बस

दूध उत्पादनमा प्रोत्साहनका लागि नगद अनुदान

गोरखा– गोरखाका पशुपालक किसानलाई दूध उत्पादनमा प्रोत्साहनका लागि नगद अनुदान

बिग बोस १९ सुरु, नयाँ प्रतियोगी र होस्ट सलमान खान

काठमाडौं – भारतीय रियालिटी शो “बिग बोस १९” प्रिमियर भएको

‘नाडा अटो शो’मा १ लाख ६० हजार बढीले गरे अवलोकन 

काठमाडौं– नाडा अटोमोवाइल्स् एशोसिएशन अफ नेपालले आयोजना गरेको नाडा अटो