गच्छदारको बचाउमा कांग्रेसद्वारा तेस्रो पटक पनि संसद अवरुद्ध « Khabarhub

गच्छदारको बचाउमा कांग्रेसद्वारा तेस्रो पटक पनि संसद अवरुद्ध


२६ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा आफ्ना नेतालाई प्रतिवादी बनाइएको विरोधमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले तेस्रो पटक पनि संसद वैठक अवरुद्ध पारेको छ ।

आफ्नो पार्टीका उपसभापति तथा संसदीय दलका उपनेता विजय कुमार गच्छदारलाई सरकारी जग्गा व्यक्तिका नाममा नामसारी गरेको अभियोगमा प्रतिवादी बनाइएपछि नेपाली कांग्रेसले लागतार संसद वैठक अवरुद्ध पार्दै आएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गच्छदारसहित १ सय ७५ जनालाई प्रतिवादी बनाएर बुधबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

त्यसयता कांग्रेसले बिहीबार र शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा अवरोध गरेको थियो । शुक्रबार स्थगित भएपछि आइतबार बोलाइएको बैठकमा पनि कांग्रेसले अवरोध सिर्जना गरेको छ ।

आइतबारको बैठक शुरु हुनासाथ कांग्रेस सांसदहरुले उठेर विरोध जनाएका थिए । कांग्रेसका सांसदहरुको अवरोध पछि सभामुख अग्गि सापकोटाले मंगलबारसम्मका लागि बैठक स्थगित भएको घोषणा गरेका छन् । प्रतिनिधि सभाको अर्को बैठक मंगलबार दिउँसो १ बजेका लागि बोलाइएको छ ।

पूर्वउपप्रधान तथा मन्त्री गच्छदारविरुद्ध अख्तियारले ९ करोड बढी बिगो दाबी गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

कांग्रेसले भने पूर्वाग्रहपूर्ण तरिकाले अख्तियारले आफ्ना नेताविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको भन्दै सदन र सडकमा विरोध जनाइरहेको छ ।

प्रकाशित मिति : २६ माघ २०७६, आइतबार  १ : ५७ बजे

पञ्चकन्या गाउँपालिकाले लगाएको चियाको व्यावसायिक उत्पादन सुरु

त्रिशूली– नुवाकोटको पञ्चकन्या गाउँपालिकाले बाझो जग्गामा लगाएको चिया खेतीको व्यावसायिक

नेपाल भानुआटुसँग पराजित

काठमाडौं- आइसिसी महिला टि–ट्वान्टी च्यालेन्ज ट्रफीमा नेपाल भानुआटुसँग पराजित भएको

नबिल बैंकद्वारा गोपनीयता चुहावट आरोपको खण्डन

काठमाडौं– नबिल बैंकले आफ्ना ग्राहकको गोपनीयता भङ्ग गरी बैंकिङ कारोबारसम्बन्धी विवरण

एमाले प्रमुख सचेतकमा सांसद ऐनबहादुर महर

काठमाडौं-नेपाल कम्युनिष्ट पार्टी (एमाले) संघीय संसदीय दलले प्रतिनिधिसभाका सदस्य ऐनबहादुर

प्रधानमन्त्री कप एनभिएमा पुलिस क्लबको विजयी सुरुवात 

काठमाडौं– प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल लिगमा पुरुषतर्फ