सहुलियत कर्जा दिन एनएमबि बैंकले गर्यो तीन उद्यमी संघसँग सम्झौता « Khabarhub

सहुलियत कर्जा दिन एनएमबि बैंकले गर्यो तीन उद्यमी संघसँग सम्झौता


२६ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एनएमबि बैंक र नेपाल हाते कागज उद्यमी संघ, राष्ट्रिय अल्लो उद्यमी संघ तथा नेपाल उद्यमशील महिला महासंघ बीच द्धिपक्षीय समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

उक्त समझदारी बैंक तथा उद्यम संघका सदस्यहरुको क्षमता अभिवृद्धि, वित्तीय परामर्श, खाता संचालन तथा कर्जा सहुलियतको विभिन्न क्षेत्रमा साझेदारी स्थापना गर्ने उदेश्यका साथ गरिएको हो ।

सो समझदारी पत्रमा बैकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनिल के.सी तथा नेपाल हाते कागज उद्यमी संघका अध्यक्ष नरेन्द्र बहादुर साउद, राष्ट्रिय अल्लो उद्यमी संघका तर्फबाट अध्यक्ष पुर्जा मगर, नेपाल उद्यमशील महिला संघका तर्फबाट अध्यक्ष देविका बुढाथोकीले काठमाडौंमा आयोजित एक पत्रकार सम्मेलनमा हस्ताक्षर गरेका हुन् ।

‘पराम्परागत बैकिङ्ग भन्दा केही पृथक भएर देशको अर्थतन्त्रमा योगदान दिन हामीले आफ्नो स्रोत र साधनको परिचालन गर्दै आएका छौं, साना तथा मझौला कर्जा, कृषि कर्जा, जलश्रोत कर्जा, उद्यमशिल विकास प्रवर्धन गर्न सहुलियतपूर्ण कर्जामा समेत हाम्रो ध्यान केन्द्रीत नै छ ’ एनएमबि बैकका सीईओ के.सीले भने । ‘

आन्तरिक उत्पादन तथा रोजगारी सिर्जनालाई प्रवद्र्धन गर्दै आन्तरिक निर्यात क्षमतालाई अभिवृद्धि गर्न हामीले बैकको मुल्य मान्यता तथा दिगो बैकिङ्गको सिद्धान्तमा रहेर काम गर्दै आएका छौँ’ – एनएमबि बैकका अध्यक्ष पवन गोल्याणले भने ।

साथै, नेपाल सरकारको समृद्ध नेपाल बनाउने लक्ष्यलाई साकार पार्न उक्त समझदारी कोशेढुङ्गा सवित हुने उनले दिए ।

प्रकाशित मिति : २६ माघ २०७६, आइतबार  ४ : ०८ बजे

रास्वपा नेताहरूसँग छलफल गर्दै रवि, बालेन भेट्न पुगे शिशिर

काठमाडौं- नेताहरूसँग छलफल गर्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

इनड्राइभले सार्वजनिक गर्‍यो ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’ सेफ्टी अवेयरनेस अभियान

काठमाडौं- इनड्राइभले आफ्नो सेफ्टी अवेयरनेस अभियान ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने