विप्लव नेकपाका बैतडी इन्चार्ज धामी पेस्तोलसहित पक्राउ | Khabarhub Khabarhub

विप्लव नेकपाका बैतडी इन्चार्ज धामी पेस्तोलसहित पक्राउ


२६ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी- नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका बैतडी जिल्ला इन्चार्ज पेस्तोलसहित पक्राउ परेका छन् ।

प्रहरीले विप्लव समूहको युवा संगठनका बैतडी इन्चार्ज लोकेन्द्र धामीलाईलाई पेस्तोलसहित पक्राउ गरेको हो ।

चन्दा असुली गर्दै आतंक मच्चाइरहेको भन्ने सुराकीको आधारमा जिल्ला इन्चार्ज धामीलाई प्रहरीले आइतबार पक्राउ गरेको हो ।

धामीको साथबाट एकथान पेस्तोल समेत बरामद गरिएको बैतडीका प्रहरी प्रमुख डिल्लीनारायण पाण्डेयले जानकारी दिए ।

पक्राउ परेका धामीको साथबाट पेस्तोलसहित पर्चा–पम्पलेट र रसिदलगायत दस्तावेज पनि बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २६ माघ २०७६, आइतबार  ७ : ५६ बजे

खाँदबारी कैदी हत्या प्रकरण : मुद्दा फैसलामा ढिलाइ

किमाथांका– जिल्ला  कारागार खाँदबारीमा सुरक्षाकर्मी र कैदीको कुटपिटबाट दुई जना

भारतमा फौजदारी अभियोग लागेका मन्त्रीलाई बर्खास्त गर्ने विधेयक प्रस्ताव

एजेन्सी– भारत सरकारले शीर्ष राजनीतिज्ञहरूलाई ३० दिनसम्म गिरफ्तार वा हिरासतमा

कोशी प्रदेशसभामा पनि उठ्यो उपसभामुख रानाविरुद्धको महाअभियोगको प्रसंग 

विराटनगर– उपसभामुख इन्दिरा राना मगरविरुद्ध महाअभियोग लगाउने प्रयास भएको विषय

उपसभामुखमात्रै होइन, कोशीका सभामुख पनि हटाउने तयारीमा कांग्रेस–एमाले

काठमाडौं– सत्ता साझेदार नेपाली कांग्रेस र नेकपा एमाले संघीय संसद्को