शेखर कोइरालाको प्रश्नः चीनबाट नेपालीको उद्दार गर्न सरकार किन संवेदनशील नबनेको ? | Khabarhub Khabarhub

शेखर कोइरालाको प्रश्नः चीनबाट नेपालीको उद्दार गर्न सरकार किन संवेदनशील नबनेको ?


२७ माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले कोरोना प्रभावित चीनको हुवेइ प्रान्तमा रहेका नेपालीलाई तत्काल स्वदेश फर्काउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

कोरोनाबाट सबैभन्दा बढी प्रभावित रहेको हुवेइमा हप्तौंदेखि १ सय ८१ जना नेपालीहरु कोठामा निसासिन बाध्य रहेको उल्लेख गर्दै नेता कोइरालाले सरकारले घर फकाउने व्यवस्था गर्न नसकेकोप्रति आपत्ति जनाएका छन् ।

नेता कोइरालाले सरकार आफ्ना नागरिकप्रति संवेदनशील नभएको भन्दै सरकारको राज्य भएको अनुभूति समेत गराउन नसकेको जनाएका छन् ।

कोइरालाले भनेका छन्, ‘चीनको हुपै (हुवेइ) प्रान्तमा रहेका १८१ नेपाली संक्रमणको त्रासले हप्तौंदेखि कोठाभित्र निसासिन बाध्य छन् । कोरोना भाइरसबाट जोगिन संघर्षरत उनीहरुले घर फर्कन सरकार गुहारेको समाचार आइरहेका छन् । परिवारको ब्याकुलता उस्तै छ । किन सरकार संवेदनशील नभएको ? मानवता खोई ? फर्काउन ढिलाई नगरौं । राज्यको अनुभुति गराऔं ।’

प्रकाशित मिति : २७ माघ २०७६, सोमबार  ११ : २८ बजे

खाँदबारी कैदी हत्या प्रकरण : मुद्दा फैसलामा ढिलाइ

किमाथांका– जिल्ला  कारागार खाँदबारीमा सुरक्षाकर्मी र कैदीको कुटपिटबाट दुई जना

भारतमा फौजदारी अभियोग लागेका मन्त्रीलाई बर्खास्त गर्ने विधेयक प्रस्ताव

एजेन्सी– भारत सरकारले शीर्ष राजनीतिज्ञहरूलाई ३० दिनसम्म गिरफ्तार वा हिरासतमा

कोशी प्रदेशसभामा पनि उठ्यो उपसभामुख रानाविरुद्धको महाअभियोगको प्रसंग 

विराटनगर– उपसभामुख इन्दिरा राना मगरविरुद्ध महाअभियोग लगाउने प्रयास भएको विषय

उपसभामुखमात्रै होइन, कोशीका सभामुख पनि हटाउने तयारीमा कांग्रेस–एमाले

काठमाडौं– सत्ता साझेदार नेपाली कांग्रेस र नेकपा एमाले संघीय संसद्को