एक जना किसानका लागि जब वुद्धले प्रवचन रोक्नुभयो | Khabarhub Khabarhub

एक जना किसानका लागि जब वुद्धले प्रवचन रोक्नुभयो


२० माघ २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एक पटक गौतम बुद्ध उपदेश दिनका लागि एक गाउँमा पुग्नुभएको थियो । उहाँको उपदेश सुन्नका लागि हजारौं मानिस उपस्थित थिए ।

त्यस सभामा गाउँका एक दरिद्र तर कर्मण किसान पनि उपस्थित भएका थिए । बुद्धको उपदेश सुन्ने ठूलो इच्छा थियो तर दुर्भाग्यवश उसको एक गोरु हराएको खबर उसले पायो । उ चिन्तामा पर्यो । एउटा गोरु फेला परेन भने आफ्नो काम कसरी हुन्छ भन्ने चिन्ताले उसलाई सतायो ।

उसको त पूरा जीवन नै त्यही गोरुमा निर्भर थियो । उ धर्मसंकटमा पर्यो कि हराएको गोरु खोजु कि बुद्धले प्रदान गर्ने धर्मोपदेश सुनु । आखिरमा उसले गोरु खोज्ने निर्णय गर्यो र त्यहाँबाट निस्कियो ।

अथक प्रयासपछि कृषकले हराएको गोरु राति फेला पार्यो । दिन भर थाकेको र भोकाएको कृषक सिधैं प्रवचन स्थल पुग्यो । उसले बुद्धलाई नमस्कार गर्यो ।

कृषकको थाकेको अनुहार देखेपछि वुद्धले खाना खुवाउन भिक्षुहरुलाई भन्नुभयो । उसले खाना खाएपछि वुद्धले उपदेश दिन सुरु गर्नुभयो । कृषक एकाग्र भएर बुद्धका वचनहरुलाई सुनिरहेका थिए । तर एक जना कृषकका लागि वुद्धले प्रवचन रोकेको भन्दै शिष्यहरुले खासखुस गरे ।

तब बुद्धले शान्त स्वरमा भन्नुभयोे, भिक्षुगण ति कृषकलाई मेरो उपदेश सुन्ने ठूलो इच्छा थियो तर उसको एक गोरु हरायो । यसबाट उसको कामहरु प्रभावित हुन सक्थ्यो । बाध्य भएर उ गोरु खोज्न गयो ।

दिन भर भोकै गोरु खोजेर मेरो उपदेश सुन्न आएको उसलाई उपदेश सुनाएको भए उसले त्यसलाई ग्रहण गर्न सक्दैन थियो । भोक भन्दा ठूलो समस्या र रोग संसारमा अर्को कुनै छैन । अन्य रोग त एक पटक चिकित्सकले वा उपचारले शान्त हुन्छ तर पेटको भोक निको पार्ने अन्य उपाय छैन, भोकाएको मानिसले केही ज्ञान लिन सक्दैन ।

प्रकाशित मिति : २० माघ २०७५, आइतबार  २ : २१ बजे

महोत्तरीका आगलागी पीडितलाई कामपाको १० लाख सहयोग

काठमाडौं– काठमाडौं महानगरपालिकाले महोत्तरी जिल्लाको मटिहानी नगरपालिका–६ जरलहवा टोलका आगलागी

भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत, आरोपित वृद्ध पक्राउ 

भक्तपुर– भक्तपुरमा १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक

बझाङ प्रदेश सभा १ मा एमालेका दमन भण्डारी विजयी

बझाङ प्रदेश सभा १ को निर्वाचनमा नेकपा एमालेका उम्मेदवार दमन

लगानी सम्मेलन सफल भयो, हामी उत्साहित भएका छौँ : अर्थमन्त्री पुन 

काठमाडौं– अर्थमन्त्री वर्षमान पुनले तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन–२०२४ भव्यरूपमा सफल

इलाम २ मा एमालेका सुहाङलाई ४५ सय २३ मतको अग्रता

इलाम – इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनअन्तर्गत अहिले माई