मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ आईजीपीकाे टुङ्गाे लगाइने  « Khabarhub

मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ आईजीपीकाे टुङ्गाे लगाइने 


२८ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाण्डाै–  नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी ) टुंगो लगाउन आज मन्त्रिपरिषद् बैठक भएको छ । साेमबार बसेको बैठकले आईजीपी छान्न नसकेपछि आज पुनः बैठक बस्न लागेको हो ।

साेमबारकाे बैठकमा नयाँ आईजीपी कसलाई बनाउने भन्ने बारे सामान्य छलफल भएको थियो । नयाँ आईजीपीका लागि प्रदेश १ मा कार्यरत ठाकुर ज्ञवाली, सुदूरपश्चिम प्रदेशमा कार्यरत तारिणीप्रसाद लम्साल र प्रहरी प्रधान कार्यालयमा कार्यरत सूर्यप्रसाद उपाध्यायले दाबेदारी प्रस्तुत गरेका छन् ।

महानिरीक्षक सर्वेन्द्रनाथ खनालले आजै अवकाश पाउने भएपछि नयाँ आईजीपी बनाउन लागिएको हो । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले ३० वर्षे सेवा हदका कारण अवकाश पाउने भएपछि नेपाल प्रहरीको प्रमुख पद रिक्त हुँदैछ ।

यसैबीच आज बस्ने बैठकले कोरोना भाइरसबाट आक्रान्त बनेको चीनमा रहेका नेपालीहरुलाई कहिले स्वदेश फर्काउने भन्ने मिति समेत तय गर्ने स्रोतले जनाएको छ । स्रोतका  अनुसार सोमबार बसेको बैठकमा चीनमा रहेका नेपालीहरुलाई ल्याउने विषयमा छलफल भए पनि कहिले ल्याउने भनेर टुंगो लाग्न सकेको थिएन ।

सरकारले चीनबाट नेपाली विद्यार्थी चाँडै फर्काउने भन्दै तयारी तीव्र पारे पनि कहिले ल्याउने भन्ने मिति भने अझै टुंगो लगाउन सकेको छैन ।

प्रकाशित मिति : २८ माघ २०७६, मंगलबार  ७ : ३७ बजे

एमाले महाधिवेशन : यी हुन् निर्विरोध निर्वाचित भएकाहरू

काठमाडौं– नेकपा (एमाले)को जारी ११ औँ महाधिवेशनमा ११ जना केन्द्रीय

एमालेको १९ पदाधिकारीमा ३ जनामात्रै महिला उम्मेदवार

काठमाडौं- नेकपा एमालेको ११औँ महाधिवेशनमा १९ जना पदाधिकारीका लागि ३

प्रदेशसभा सदस्य दास चढेको स्कुटरमाथि नियोजित ठक्करको आरोप

सिरहा – मधेस प्रदेशसभा सदस्य तथा जनता समाजवादी पार्टी नेपालकी

एमाले महाधिवेशन: यस्तो छ उम्मेदवारको प्रारम्भिक नामावली (सूचीसहित)

काठमाडौं – नेकपा एमालेको ११औं महाधिवेशन अन्तर्गत हुने निर्वाचन प्रक्रियामा

श्रीमान् वसन्त बिरामी भएपछि ओली समूहबाट उम्मेदवार बनिन् भूमिका

काठमाडौं- पाँचथरबाट निर्वाचित निवर्तमान प्रतिनिधि सभा सदस्य तथा नेकपा एमालेका