कांग्रेसले गच्छदारको बचाउमा अब संसद बैठक अवरुद्ध नगर्ने « Khabarhub

कांग्रेसले गच्छदारको बचाउमा अब संसद बैठक अवरुद्ध नगर्ने


२८ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दर्ता गरेको भ्रष्टाचार मुद्दामा विरोध जनाउँदै आएको नेपाली कांग्रेसले मंगलबार भने संसद बैठक अवरुद्ध नगर्ने भएको छ ।

मंगलबार बिहान सिंहरदरबारमा बसेको कांग्रेस संसदीय दलको बैठकले ललिता निवास प्रकरणलाई लिएर अब संसद बैठक अवरुद्ध नगर्ने निर्णय गरेको हो ।

बालुवाटारको ललिता निवास क्याम्पअन्तर्गतको सरकारी जग्गा व्यक्तिका नाममा नामसारी गरेको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत बुधबार विशेष अदालतमा १ सय ७५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

जसमध्येका १ सय १० जनालाई भ्रष्टाचार गरेको अभियोगमा बिगो तथा सजाय मागदाबी गर्दै प्रतिवादी बनाइएको थियो भने ६५ जनालाई जग्गा तथा सम्पत्ति जफत प्रयोजनका लागि प्रतिवादी बनाइएको थियो ।

अख्तियारले नेपाली कांग्रेसका उपसभापति तथा संसदीय दलका उपनेता विजय गच्छदारलाई समेत भ्रष्टाचार गरेको भन्दै प्रतिवादी बनाएको थियो । अख्तियारले गच्छदारविरुद्ध ९ करोड रुपैयाँभन्दा बढी बिगो दाबी गरेको छ ।

बुधबार मुद्दा दर्ता भएयता कांग्रेसले ३ वटा प्रतिनिधिसभा बैठक अवरुद्ध पारेको छ । गत बिहीबार, शुक्रबार र आइतबार बसेको प्रतिनिधिसभा बैठक कांग्रेसको अवरोधका कारण स्थगित गरिएको थियो ।

आइतबारको बैठकमा कांग्रेसले अवरोध सिर्जना गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले आज (मंगलबार) दिउँसो १ बजेका लागि बैठक बोलाएका थिए ।

आजको बैठकमा सन्देश टेबुल, प्रतिवेदन पेश, व्यवस्थापन कार्य र शोक प्रस्ताव पेश गर्नेसम्बन्धी कार्यसूची छन् ।

आजको बैठकको पहिलो कार्यसूचीअन्तर्गत ‘औद्योगिक व्यवसाय विकास प्रतिष्ठान (पहिलो संशोधन) विधेयक, २०७६’ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश सहितको विधेयक टेबुल गरिने छ ।

प्रकाशित मिति : २८ माघ २०७६, मंगलबार  १२ : ४८ बजे

नयाँ बसपार्कमा यसरी गरियो विश्वकर्मा पूजा 

काठमाडौं– विश्वकर्मा बाबाको पूजाको अवसरमा काठमाडौंको गोङ्गबुस्थित नयाँ बसपार्कमा बस

वीरगञ्जमा भारतीय कारभित्र चार थान पेस्तोल बरामद

वीरगञ्ज – पर्साको वीरगञ्ज महानगरपालिका–१५ बास्तुबिहार चोकमा सशस्त्र प्रहरीले बेवारिसे

बुटवलमा विश्वकर्मा पूजाको रौनक, १५ सय बढी सवारीसाधन पूजा हुँदै (तस्बिरहरू)

काठमाडौं– विश्वकर्मा पूजाको अवसरमा बुटवलको मैनाबगरस्थित बुटवल अटो इन्जिनियरिङ एसोसिएसनले

चालु आवको दुई महिना : सरकारको आम्दानी भन्दा खर्च नौ अर्बले बढी

काठमाडौं– चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले

प्रहरीले बरामद गरेको एक हजार ३१५ किलोग्राम गाँजा नष्ट

खोटाङ– जिल्ला प्रहरी कार्यालय खोटाङले महिनादिनअघि बरामद गरेको एक हजार