आन्तरिक सुद्धिकरणका कारण प्रहरी संगठन सर्वोत्कृष्ट ठहर भयो– आईजी खनाल « Khabarhub

आन्तरिक सुद्धिकरणका कारण प्रहरी संगठन सर्वोत्कृष्ट ठहर भयो– आईजी खनाल


२८ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ३० वर्षे सेवा अवधिका कारण मंगलबारबाट अनिवार्य अवकासमा जान लागेका प्रहरी महानिरीक्षक (आईजी) सर्वेन्द्र खनालले आफ्नो कार्यकालमा संगठनको सुधार तथा आन्तरिक सुद्धिकरणको क्षेत्रमा महत्वपूर्ण काम भएको बताएका छन् ।

आईजी खनालले तल्लो तहका प्रहरी कर्मचारी (जवान)हरुको मनोवल उकास्नका लागि पनि आफूले अनवरत रुपमा काम गरेको बताए ।

मंगलबार प्रहरी प्रधान कार्यालयमा आयोजित नवनिर्मित अडिटोरियम र ब्यारेक भवन उद्घाटन कार्यक्रममा बोल्दै आईजी खनालले आन्तरिक सुद्धिकरणकै कारण नेपाल प्रहरी सर्वोच्कृष्ट हुन सफल भएको पनि दाबी गरे ।

आईजी खनालले सेवा निवृत्त भइसकेपछि पनि भ्रष्टाचार विरोध अभियानमा सक्रिय रहने प्रतिक्रिया दिए ।

मंगलबारबाट नै अवकासमा जान लागेका खनालले प्रहरी कर्मचारीले सदैव निष्ठापूर्वक कानून कार्यान्वय गर्ने काममा सक्रिय हुनुपर्ने पनि बताए ।

प्रकाशित मिति : २८ माघ २०७६, मंगलबार  २ : ५१ बजे

निजामती विधेयकको मस्यौदा : मिश्रित संरचना, दुई वर्ष ‘कुलिङ पिरियड’, राजनीतिक संलग्नता देखिए सेवाबाट बर्खास्ती

काठमाडौं – सरकारले सङ्घीय निजामती सेवा विधेयकको मस्यौदाका सम्बन्धमा सुझाव

थापाथलीको सुकुम्बासी बस्ती भत्काउन ५ वटा डोजर तयारी अवस्थामा

काठमाडौँ । सरकारले काठमाडौँ महानगरसँगको समन्वयमा काठमाडौँका विभिन्न सुकुमवासी बस्ती

साई सुदर्शनको शतकमा गुजरातले आरसीबीलाई दियाे २०६ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ अन्तर्गत ३४औँ खेलमा

बैतडीमा आँफैले भरेको भरुवा बन्दुक पड्किँदा वडा सदस्यको मृत्यु

धनगढी – बैतडीको सुर्नया गाउँपालिका–२ का वडा सदस्य दान बहादुर

तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ

काठमाडौं – केन्द्रीय अनुसन्धान ब्यूरोले तत्कालीन किष्ट बैङ्क घोटाला प्रकरणमा