राप्रपाको सुदृढीकरण अभियान लिएर सातै प्रदेशमा जाँदै कमल थापा | Khabarhub Khabarhub

राप्रपाको सुदृढीकरण अभियान लिएर सातै प्रदेशमा जाँदै कमल थापा


२९ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कमल थापा नेतृत्वको राप्रपाले आज (बुधबार)देखि संगठन सुदृढीकरण अभियान अन्तर्गत महाधिवेशन केन्द्रित गतिविधिलाई औपचारिक रुपमा अघि बढाउने भएको छ ।

माघको तेश्रो हप्ता काठमाडौंमा बसेको सो पार्टीको केन्द्रीय कार्य समितिको बैठकले पार्टी एकता कि महाधिवेशन भन्ने विषयमा महाधिवेशनको दिशातर्फ अघि बढ्ने टुंगो लगाउँदै संगठन निर्माणमा होमिएको छ ।

राप्रपाले सोही बैठकबाट आगामी जेठ २५ गते काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरेको छ । विभिन्न निकायबाट चुनिएर आउने महाधिवेशन प्रतिनिधिको व्यवस्थामा परिमार्जन गरी राप्रपाले पहिलोपटक प्रदेश सक्रिय सदस्य मध्येबाट महाधिवेशन प्रतिनिधि चयन गर्ने नयाँ व्यवस्था गरेको छ ।

यस सम्बन्धमा पार्टीको जिम्मेवार तहलाइ प्रशिक्षित गर्ने उद्देश्यले आजदेखि अभिमुखीकरण कार्यक्रम सञ्चालन हुन लागेको प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।

पहिलो कार्यक्रम अन्तर्गत माघ २९ गते बागमती प्रदेश स्तरीय कार्यक्रम काठमाडौंमा हुँदैछ ।

यसैगरी फागुन ४ र ५ गते गण्डकी प्रदेशको पोखरामा, फागुन ६ र ७ गते पाँच नम्बर प्रदेशको दाङमा, फागुन ८ र ९ गते कर्णाली प्रदेशको सुर्खेतमा, फागुन १० र ११ गते सुदुरपश्चिम प्रदेशको धनगढीमा, फागुन १३ र १४ गते दुई नम्बर प्रदेशको जनकपुरमा र फागुन १५ र १६ गते एक नम्बर प्रदेशमा अभिमुखीकरण कार्यक्रम हुने श्रेष्ठले बताए ।

सबै प्रदेशमा हुने अभिमुखीकरण र अगुवा कार्यकर्ता भेलालाई अध्यक्ष कमल थापा र पार्टीका वरिष्ठ नेताहरूले सम्बोधन गर्नेछन् । एक नम्बर प्रदेशको भने स्थान तय भइसकेको छैन ।

‘मुलतः सातवटै प्रदेशमा हुने अभिमुखीकरण कार्यक्रममा केन्द्रीय समितिको बैठकले अनुमोदन गरेको निर्वाचन विनियमावली, निर्वाचन निर्देशिका र निर्वाचन कार्यतालिकाका बारे हरेक कमिटीलाई जानकारी दिने, संगठनको अवस्थाबारे जानकारी लिने उद्देश्य रहेको छ’, महाधिवेशन प्रयोजनका लागि गठित निर्वाचन समितिका संयोजक उपाध्यक्ष तोरण बहादुर गुरुङले भने ।

हिन्दु राष्ट्रको पुनःस्थापना, राजा सहितको लोकतन्त्र र सुदृढ स्थानीय शासनको पक्षमा रहेको राप्रपाले पछिल्लो उप निर्वाचनमा नराम्रोसंग हार व्यहोर्नु परेपछि संगठन निर्माणलाई पहिलो प्राथमिकता दिदै पहिलो चरणमा कार्यकर्तालाई सक्रिय बनाउन लागिपरेको छ ।

२०७६ लाई संगठन निर्माणको वर्षको रुपमा घोषणा गरेको राप्रपाले सक्रिय सदस्य मार्फत महाधिवेशन प्रतिनिधि चयन गर्ने नीति लिएपछि हरेक तह स्वभाविक रुपमा क्रियाशील हुने दाबी गरेको छ ।

प्रकाशित मिति : २९ माघ २०७६, बुधबार  ९ : ४१ बजे

कस्तो छ आजको मौसम ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आज २०८१ साल वैशाख १८ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १८ गते मंगलबार तदनुसार

रास्वपाका मिलनको जमानत जफत, कटाउन सकेनन् १० प्रतिशत मत

इलाम – इलाम २ को शनिबार भएको उपनिर्वाचनमा नेकपा (एमाले)

इलाममा सुहाङ नेम्वाङ विजयी

काठमाडौं- इलाम क्षेत्र नम्बर- २ बाट प्रतिनिधिसभा सदस्यमा सुहाङ नेम्वाङ

इलाम २ : सुहाङको फराकिलो अग्रता, मिलनलाई जमानत जोगाउन सकस

काठमाडौं । प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार