राप्रपाको सुदृढीकरण अभियान लिएर सातै प्रदेशमा जाँदै कमल थापा « Khabarhub

राप्रपाको सुदृढीकरण अभियान लिएर सातै प्रदेशमा जाँदै कमल थापा


२९ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कमल थापा नेतृत्वको राप्रपाले आज (बुधबार)देखि संगठन सुदृढीकरण अभियान अन्तर्गत महाधिवेशन केन्द्रित गतिविधिलाई औपचारिक रुपमा अघि बढाउने भएको छ ।

माघको तेश्रो हप्ता काठमाडौंमा बसेको सो पार्टीको केन्द्रीय कार्य समितिको बैठकले पार्टी एकता कि महाधिवेशन भन्ने विषयमा महाधिवेशनको दिशातर्फ अघि बढ्ने टुंगो लगाउँदै संगठन निर्माणमा होमिएको छ ।

राप्रपाले सोही बैठकबाट आगामी जेठ २५ गते काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरेको छ । विभिन्न निकायबाट चुनिएर आउने महाधिवेशन प्रतिनिधिको व्यवस्थामा परिमार्जन गरी राप्रपाले पहिलोपटक प्रदेश सक्रिय सदस्य मध्येबाट महाधिवेशन प्रतिनिधि चयन गर्ने नयाँ व्यवस्था गरेको छ ।

यस सम्बन्धमा पार्टीको जिम्मेवार तहलाइ प्रशिक्षित गर्ने उद्देश्यले आजदेखि अभिमुखीकरण कार्यक्रम सञ्चालन हुन लागेको प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।

पहिलो कार्यक्रम अन्तर्गत माघ २९ गते बागमती प्रदेश स्तरीय कार्यक्रम काठमाडौंमा हुँदैछ ।

यसैगरी फागुन ४ र ५ गते गण्डकी प्रदेशको पोखरामा, फागुन ६ र ७ गते पाँच नम्बर प्रदेशको दाङमा, फागुन ८ र ९ गते कर्णाली प्रदेशको सुर्खेतमा, फागुन १० र ११ गते सुदुरपश्चिम प्रदेशको धनगढीमा, फागुन १३ र १४ गते दुई नम्बर प्रदेशको जनकपुरमा र फागुन १५ र १६ गते एक नम्बर प्रदेशमा अभिमुखीकरण कार्यक्रम हुने श्रेष्ठले बताए ।

सबै प्रदेशमा हुने अभिमुखीकरण र अगुवा कार्यकर्ता भेलालाई अध्यक्ष कमल थापा र पार्टीका वरिष्ठ नेताहरूले सम्बोधन गर्नेछन् । एक नम्बर प्रदेशको भने स्थान तय भइसकेको छैन ।

‘मुलतः सातवटै प्रदेशमा हुने अभिमुखीकरण कार्यक्रममा केन्द्रीय समितिको बैठकले अनुमोदन गरेको निर्वाचन विनियमावली, निर्वाचन निर्देशिका र निर्वाचन कार्यतालिकाका बारे हरेक कमिटीलाई जानकारी दिने, संगठनको अवस्थाबारे जानकारी लिने उद्देश्य रहेको छ’, महाधिवेशन प्रयोजनका लागि गठित निर्वाचन समितिका संयोजक उपाध्यक्ष तोरण बहादुर गुरुङले भने ।

हिन्दु राष्ट्रको पुनःस्थापना, राजा सहितको लोकतन्त्र र सुदृढ स्थानीय शासनको पक्षमा रहेको राप्रपाले पछिल्लो उप निर्वाचनमा नराम्रोसंग हार व्यहोर्नु परेपछि संगठन निर्माणलाई पहिलो प्राथमिकता दिदै पहिलो चरणमा कार्यकर्तालाई सक्रिय बनाउन लागिपरेको छ ।

२०७६ लाई संगठन निर्माणको वर्षको रुपमा घोषणा गरेको राप्रपाले सक्रिय सदस्य मार्फत महाधिवेशन प्रतिनिधि चयन गर्ने नीति लिएपछि हरेक तह स्वभाविक रुपमा क्रियाशील हुने दाबी गरेको छ ।

प्रकाशित मिति : २९ माघ २०७६, बुधबार  ९ : ४१ बजे

नयाँ बसपार्कमा यसरी गरियो विश्वकर्मा पूजा 

काठमाडौं– विश्वकर्मा बाबाको पूजाको अवसरमा काठमाडौंको गोङ्गबुस्थित नयाँ बसपार्कमा बस

वीरगञ्जमा भारतीय कारभित्र चार थान पेस्तोल बरामद

वीरगञ्ज – पर्साको वीरगञ्ज महानगरपालिका–१५ बास्तुबिहार चोकमा सशस्त्र प्रहरीले बेवारिसे

बुटवलमा विश्वकर्मा पूजाको रौनक, १५ सय बढी सवारीसाधन पूजा हुँदै (तस्बिरहरू)

काठमाडौं– विश्वकर्मा पूजाको अवसरमा बुटवलको मैनाबगरस्थित बुटवल अटो इन्जिनियरिङ एसोसिएसनले

चालु आवको दुई महिना : सरकारको आम्दानी भन्दा खर्च नौ अर्बले बढी

काठमाडौं– चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले

प्रहरीले बरामद गरेको एक हजार ३१५ किलोग्राम गाँजा नष्ट

खोटाङ– जिल्ला प्रहरी कार्यालय खोटाङले महिनादिनअघि बरामद गरेको एक हजार