घट्यो प्याजको मूल्य, कतिमा भइरहेको छ कारोबार ? « Khabarhub

घट्यो प्याजको मूल्य, कतिमा भइरहेको छ कारोबार ?


२९ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली बजारमा प्याजको मूल्य घटेको छ । कुनै बेला बजारमा प्याजको प्रतिकिलो मूल्य २ सय ५० हाराहारीमा रहेको थियो । तर बजारमा प्याजको मूल्यमा ह्वात्तै कमी आई प्रतिकेजी १ सय रुपैयाँ भन्दा तल झरेको व्यवसायीहरुले बताएका छन् ।

कालिमाटी तरकारी तथा फलफूल बजारका अनुसार बजारका अनुसार साताको शुरु बाट प्याज ९० रुपैयाँदेखि १ सय रुपैयाँसम्म कारोवार भइरहेको छ । साथै प्याजको तरकारी बजारमा प्याजको थोक मूल्य ७२ रुपैयाँदेखी ७५ रुपैयाँसम्म रहेको जनाएको छ ।

धेरै वस्तुहरुमा नेपाली बजार भारतीय बजारमा निर्भर रहने गर्दछ । तथ्यांकअनुसार नेपालमा उपभोग गरिने लगभग ९० प्रतिशत हाराहारीमा प्याज भारतबाट आयात गर्ने गरिएको छ ।

तर भारतबाट आउने प्याजको आयातमा प्रतिबन्ध लगाएसँगै नेपाली बजारमा प्याजको मूल्य ह्वात्तै बढेको थियो । भारतको प्रतिबन्धका कारण छिमेकी राष्ट्र चीनबाट प्याजको आयात हुन थालेको थियो, तर प्याजको मूल्यमा भने कुनै परिवर्तन आएको थिएन ।

बजारमा नयाँ प्याज आउन थालेसँगै मूल्यमा कमि आएको व्यावसायीहरुले बताएका छन् । साथै भारतीय बजारबाट पनि प्याजको आयातमा केही मात्रामा सहज आयात हुन थालेकाले पनि प्याजको मूल्यमा कमि आएको हो ।

प्रकाशित मिति : २९ माघ २०७६, बुधबार  ४ : ५० बजे

साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो

काठमाडौं – साउदी अरबको ९६औँ राष्ट्रिय दिवसका अवसरमा आज यहाँ

सोसयरले पायो सूचना सुरक्षा व्यवस्थापनसम्बन्धी आईएसओ प्रमाणीकरण

काठमाडौं – नेपाली प्रविधि कम्पनी सोसयरले सूचना सुरक्षा व्यवस्थापनसम्बन्धी अन्तर्राष्ट्रिय

प्रधानमन्त्री शाह न्यूयोर्कमा

न्यूयोर्क – प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभामा

सातवटै प्रदेशमा एकैदिन अधिवेशन गर्दै राप्रपा

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सातवटै प्रदेशको अधिवेशनको तयारीमा जुटेको