रेडियोधर्मी पदार्थको नियमनसम्बन्धी विधेयक पारित | Khabarhub Khabarhub

रेडियोधर्मी पदार्थको नियमनसम्बन्धी विधेयक पारित


२९ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकले ‘रेडियोधर्मी पदार्थको नियमनसम्बन्धी विधेयक, २०७६’ पारित गरेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले प्रस्तुत गरेको उक्त विधेयकलाई सभाको बहुमतले पारित गरेको हो । त्यसअघि सांसद खगराज अधिकारी, शेरबहादुर तामाङ र प्रेम सुवालले विधेयकमाथिको छलफलमा भाग लिएका थिए ।

छलफलमा सहभागी सांसदको जिज्ञासाको जवाफ दिँदै मन्त्री पोखरेलले रेडियोधर्मी पदार्थलाई नियमन र व्यवस्थित गर्न अत्यन्त जरुरी भएकाले उक्त ऐन ल्याइएको जानकारी दिए । प्रतिनिधिसभाको अर्को बैठक आगामी फागुन २ गते अपराह्न २:०० बजे बस्नेछ ।

प्रकाशित मिति : २९ माघ २०७६, बुधबार  ५ : ३२ बजे

फेवातालस्थित तालाराही मन्दिर पुनर्निर्माण अन्तिम चरणमा

कास्की– पोखराको लेकसाइडस्थित फेवातालको मध्यभागमा अवस्थित वाराही भगवती मन्दिरकाे पुनर्निर्माण

बालेनविरुद्ध सुकुम्बासी उचाल्दै दुर्गा प्रसाईं (तस्बिर)

काठमाडौं – मेडिकल व्यवसायी दुर्गा प्रसाईंले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र

तोलामा २ सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं–  स्थानीय बजारमा आइतबार सुनको मूल्य केही बढेको छ ।

प्रि ओपन सेसन : करिब साढे २ अंकले बढ्यो नेप्से

काठमाडौं– साताको पहिलो कारोबार दिन आइतबार प्रि ओपन सेसनमा नेपाल

मेसीको दुई गोलमा इन्टर मियामीको शानदार जित

काठमाडौं – लियोनेल मेसीको शानदार प्रदर्शनमा एमएलएस कपमा इन्टर मियामीले