काँग्रेसद्वारा पार्टी विधानका केही दफा निलम्बन « Khabarhub

काँग्रेसद्वारा पार्टी विधानका केही दफा निलम्बन


१ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली काँग्रेसले पार्टीको आगामी अधिवेशन र महाधिवेशनको प्रयोजनका लागि मात्र लागू हुने गरी पार्टी विधानका केही दफा निलम्बन गरेको छ ।

काँग्रेस केन्द्रीय कार्यसमितिको बुधबार बसेको बैठकले पार्टीको क्रियाशील सदस्यता वितरण र नवीकरण गर्न तथा अधिवेशन र महाधिवेशनको कार्यतालिका कार्यान्वयन गर्न विधानका दफा निलम्बन गरेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

विधानका दफा निलम्बन गर्ने निर्णयलाई पार्टीको आगामी महाधिवेशनबाट अनुमोदन गराइनेछ । बैठकले दफा ४ (२) को “एक वर्ष पुगेपछि”, (१०) (ञ) “छ महिना”, (१२) (ख) “नेपाली काँग्रेसको सदस्यता प्राप्त गरेको एक वर्ष पुगेको”, दफा ३५ को (२) (घ) “भन्दा कम्तीमा एक वर्ष” र “तीन महिना”, दफा ५० को (६) – “छ महिना अगावै” र “छ महिना” व्यवस्था निलम्बन गरेको उनले बताए ।

यसैगरी पार्टीका वडा तहमा हाल विद्यमान क्रियाशील सदस्य सङ्ख्याको बढीमा ५० प्रतिशत नयाँ क्रियाशील सदस्यता प्रदान गर्ने बैठकले निर्णय गरेको छ । काँग्रेसको नयाँ क्रियाशील सदस्यता वितरण गर्दा वडाको जनसङ्ख्याको बनोटलाई मध्यनजर गरी समानुपातिक समावेशीतालाई ध्यानमा राखी वितरण गरिनेछ ।

काँग्रेस पार्टी सङ्गठनको अन्तरिम संरचनाको समायोजनको कार्य केही जिल्लामा हालसम्म पनि सम्पन्न नभइसकेकाले क्रियाशील सदस्यता वितरण÷नवीकरण यही माघ १३ गतेको बैठकको निर्णयबाट पारित समायोजन र क्रियाशील सदस्यसम्बन्धी कार्यतालिका बमोजिम परिमार्जन गरिएको छ ।

बैठकले राजनैतिक पूर्वाग्रह राखी भिन्न राजनीतिक आस्था राख्ने राजनीतिक दलका नेता कार्यकर्तालाई सुनियोजित रुपमा झुठा मुद्दा लगाउने, दमन गर्ने, सरकारकै संरक्षणमा संस्थागत भ्रष्टाचार गर्ने गरेको आरोेप लगाउँदै संविधानको मर्म एवं भावना विपरीतका विधेयक र जनविरोधी क्रियाकलापकाविरुद्ध चरणवद्ध विरोधका कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ ।

सभापति शेरबहादुर देउवाको सभापतित्वमा बसेको बैठकमा भ्रातृ सङ्घ एवं शुभेच्छुक संस्थाको विधानका सैद्धान्तिक आधार तथा मापदण्ड एकरुपता निर्धारण समितिका संयोजक एनपी साउदले समितिको तर्फबाट बैठकमा नेपाल प्रजातन्त्र सेनानी सङ्घ, नेपाल किसान सङ्घ र नेपाल दलित सङ्घको विधान प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति : १ फाल्गुन २०७६, बिहीबार  ५ : ४५ बजे

मोरक्कोसँग भिड्दै ब्राजिल : समर्थकको मन जित्न सफल होलान् त भिनिसियस ?

काठमाडौं – पाँच पटकको विश्व विजेता ब्राजिलले फिफा विश्वकप २०२६

सुर्खेतको हिरासतमा अचेत भेटिएका २१ वर्षीय युवकको मृत्यु

कर्णाली – जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक थुनुवाको

बङ्गलादेशमा मे महिनामा यातायातसम्बन्धी दुर्घटनाबाट ६७१ जनाको मृत्यु

ढाका – गत मे महिनामा बङ्गलादेशमा सडक, रेल र जलमार्ग

यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा

काठमाडौं – यस वर्षको मनसुनमा काठमाडौँ महानगरपालिले १२८ ठाउँमा डुबानको

दुर्गम जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिकको म्याद असार ७ सम्म थप

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १५औं महाधिवेशनलाई लक्षित गर्दै क्रियाशील