सञ्चारमाध्यमको खबरदारीले सकारात्मक प्रभाव पर्ने मन्त्री बस्नेतको अपेक्षा | Khabarhub Khabarhub

सञ्चारमाध्यमको खबरदारीले सकारात्मक प्रभाव पर्ने मन्त्री बस्नेतको अपेक्षा


१ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जाजरकोट – वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले सञ्चार क्षेत्रले राज्यलाई रचनात्मक खबरदारी गर्नुपर्ने बताउनुभएको छ ।

सञ्चारमाध्यमले गर्ने निरन्तरको खबरदारीले सकारात्मक प्रभाव पर्ने मन्त्री बस्नेतको विश्वास छ ।

‘सञ्चार क्षेत्र छाडा भएमा त्यो सन्देश आम पाठकमा राम्रो पर्दैन । सञ्चार क्षेत्रले सामाजिक उत्तरदायित्वको भूमिकासमेत निर्वाह गर्नुपर्छ ।’ बस्नेतले भने ‘पत्रकार आचारसंहिता कार्यान्वयनमा गम्भिर बन्न पर्छ ।’

प्रेस काउन्सिल नेपाल र पत्रकार महासङ्घ जाजरकोटशाखाद्वारा संयुक्त रुपमा आयोजित महासङ्घ शाखाको नवनिर्मित भवनको उद्घाटनमा मन्त्री बस्नेतसहित महासङ्घका केन्द्रीय अध्यक्ष गोविन्द आचार्य पनि सह्रिक भएका थिए ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य सत्य पहाडी, कर्णाली प्रदेशसभा सदस्य गणेशप्रसाद सिंह, प्रेस काउन्सिल सदस्य ईश्वरी ओझा, गोविन्द चौलागाई र पत्रकार महासङ्घका कर्णाली प्रदेशका महासचिव दीपेन्द्र शर्माको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : १ फाल्गुन २०७६, बिहीबार  १० : १९ बजे

त्रिवि क्रिकेट स्टेडियम उज्यालो हुँदा खुसी छु : मन्त्री घिसिङ

काठमाडौं- सहरी विकासमन्त्री कुलमान घिसिङले त्रिभुवन विश्वविद्यालय क्रिकेट स्टेडियमलाई उज्यालो

मंसिर ४ गतेसम्मलाई सर्‍यो कांग्रेस बैठक

काठमाडौँ- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकको मिति फेरि परिवर्तन गरिएको

दैलेखको मेल्लेख गाउँपालिकाले एकैचोटि ४८ जना कर्मचारी हटायो

काठमाडौँ- अछामको मेल्लेख गाउँपालिकाले ४८ जना करारका कर्मचारी हटाएको छ।

लुम्बिनी प्रदेशका सभामुखले गरे आफ्नो सचिवालय विघटन

काठमाडौँ- लुम्बिनी प्रदेशका सभामुखले आफ्नो सचिवालय विघटन गरेका छन्। ‘प्रदेशसभाका

पोर्चुगल विश्वकपमा छनोट

काठमाडौं – पोर्चुगल फिफा विश्वकप २०२६ का लागि छनोट भएको