राजपा सांसदद्वारा प्रतिनिधिसभा बैठक अवरोध « Khabarhub

राजपा सांसदद्वारा प्रतिनिधिसभा बैठक अवरोध


३ चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय जनता पार्टी (राजपा)ले पूर्व न्यायाधीश गिरीशचन्द्र लालको संयोजकत्वको जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दे प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेको छ ।

संघीय संसद प्रतिनिधिसभाको आइतबारको बैठकको सुरुमै राष्ट्रिय जनता पार्टीका सांसदले प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै उभिएर विरोध जनाएपछि सभामुख कृष्ण बहादुर महराले बैठक १० मिनेटको लागि स्थगित गरेका हुन् ।

गत बुधबारको बैठकमा पनि राजपाका सांसदले मधेस आन्दोलन सम्बन्धी जाँचबुझ आयोगको प्रतिवदेन सार्वजनिक गर्न माग गर्दे विरोध गरेका थिए । लगत्तै सभामुखले त्यसबारे सरकारलाई रुलिङ गरेका थिए ।

आइतबारको बैठकमा राजपाका सांसद लक्ष्मणलाल कर्णले सरकारले संसदको निर्देशन कार्यान्वयन नगरेको भन्दै संसदको मातहतमा सरकार छ कि छैन ? भनी प्रश्न गरेका छन् ।

उनले भने “यो सरकार संसदबाट बनेको हा कि होइन थाहै हुँदैन । यो संसद मातहत सरकार हो कि होइन ?संसदले बनाएको सरकार हो कि होइन ? यदि संसदले बनाएको सरकार हो र सरकार संसदप्रति जिम्मेवार छ भने सभामुखले ध्यानाकर्षण गराउँदा पनि स्वयम् संसदबाट सभामुखले गरेको ध्यानाकर्षण पनि ठुलो हो । संसदको आदेश र निर्देशनलाई पनि नमान्ने ? सरकारले अहिलेसम्म पनि प्रतिवेदन सार्वजनिक नगरेका कारणले यो प्रतिवेदन सार्वजनिक नभएसम्म हामीले संसद चल्न दिन्नौ । हामीले संसद अवरोध गर्छौ ।”

प्रकाशित मिति : ३ चैत्र २०७५, आइतबार  ४ : ११ बजे

फिल्म ‘लालिमा’को टिजर सार्वजनिक

काठमाडौं – फागुन २९ गते प्रदर्शन मिति तोकिएको फिल्म ‘लालिमा’को

काठमाडौंको वायु प्रदूषण अझै अस्वस्थ

काठमाडौं- काठमाडौं उपत्यकाको वायु प्रदूषण आज पनि अस्वस्थको तहमा पुगेको

ग्यास अभावको गुनासो बढेपछि आयल निगमले टेकु कार्यालयबाट थाल्यो वितरण (तस्बिरहरु)

काठमाडौं- बजारमा खाना पकाउने ग्यासको अभाव भएको गुनासो बढेपछि नेपाल

डिजिटल पूर्वाधार सुरक्षामा श्रीलंकाको निर्णायक कदम

एजेन्सी– श्रीलंकाले बढ्दो डिजिटल जोखिम र प्रविधिसम्बन्धी अपराधलाई ध्यानमा राख्दै

निर्वाचन अनुगमनका लागि अन्तर्राष्ट्रिय पर्यवेक्षक तथा पत्रकारहरू बङ्गलादेशमा

एजेन्सी– बङ्गलादेशमा बिहिबारलाई तय भएको १३ औं आम चुनाव र