सीके राउतको बैठकमा पहिलोपटक बज्यो– सयौं थूंगा फूलका हामी, एउटै माला नेपाली... | Khabarhub Khabarhub

सीके राउतको बैठकमा पहिलोपटक बज्यो– सयौं थूंगा फूलका हामी, एउटै माला नेपाली…


३ चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लहान– मधेसलाई टुक्र्याएर अलग्गै देश बनाउने भनेर पृथकतावादी गतिविधिमा सक्रिय भएका सीके राउतले पहिलोपटक आफू नेतृत्वको गठवन्धनमा राष्ट्रिय गान बजाएका छन् ।

आइतवार सिरहाको लहानमा बोलाइएको ‘स्वतन्त्र मधेस गठवन्धन’को राष्ट्रिय परिषद बैठक राष्ट्रिय गान ‘सयौं थूंगा फूलका हामी, एउटै माला नेपाली…’ गाएर शुरु गरियो । परिषद बैठकको शुरुमै नेपाली भेषमा सजिएका पञ्चकन्याले राष्ट्रिय गान गाएका थिए ।

सरकारसँग भएको ११ बुँदे सम्झौता गर्दै राउत नेतृत्वको गठवन्धनले पृथकतावादी आन्दोलन परित्याग गर्ने घोषणा गरेको थियो । सरकारसँग भएको ११ बुँदे सम्झौताबारे छलफल गरेर आगामी रणनीति तयार गर्न आइतबार र सोमबारका लागि लहानमा परिषद बैठक बोलाइएको हो ।

परिषदमा सहभागी हुन सदस्यहरुलाई नेपाली नागरिकताको प्रमाणपत्र बोकेर ल्याउन उर्दी जारी गरिएको थियो । परिषदको बैठक हलमा छिर्नका लागि नागरिकता परीक्षण गरेर मात्रै जानदिने व्यवस्था गरिएको जनाइएको छ ।

आइतवार शुरु भएको बैठकमा गठवन्धनको केन्द्रीय तदर्थ समितिका सदस्यसहित तराईंका सबै जिल्लाका जिल्ला संगठन सहयोजकहरु सहभागी छन् ।

परिषद वैठकलगत्तै गठवन्धनले विस्तारित बैठक समेत आह्वान गर्ने जनाइएको छ । त्यसपछि संयोजक राउत लगायत गठवन्धनका केन्द्रीय नेताहरुले भेटघाट कार्यक्रम शुरु गर्नेछन् ।

प्रकाशित मिति : ३ चैत्र २०७५, आइतबार  ५ : ०२ बजे

वर्षाका कारण खोटाङमा ७० प्रतिशत धानबालीमा क्षति

खोटाङ– यही कात्तिक १५ गतेदेखि चार दिनसम्म परेको अविरल वर्षाका

लमजुङमा जिप दुर्घटना हुँदा दुईको मृत्यु

लमजुङ– लमजुङमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ

इतिहास हराएको एउटा अग्राख योद्धा 

मेरा प्रिय दाइमध्येका एक हुन्– नन्दु उप्रेती, जसलाई कुनै समय

‘विश्व रेडियोग्राफी तथा अन्तर्राष्ट्रिय रेडियोलोजी दिवस’ मनाईँदै

काठमाडौं– ‘विश्व रेडियोग्राफी दिवस’ तथा ‘अन्तर्राष्ट्रिय रेडियोलोजी दिवस’ आज देशभर

के थियो आलममाथिको इँटाभट्टा प्रकरण ?

काठमाडौं– नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद अफताब आलमको गएराति निधन भएको