थ्रीस्टारले जीतसँगै यो सिजनको अन्त्य गर्दा च्यासल पराजित | Khabarhub Khabarhub

थ्रीस्टारले जीतसँगै यो सिजनको अन्त्य गर्दा च्यासल पराजित


२ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सहिद स्मारक ए डिभिजन लिगमा च्यासल युथ क्लबलाई पराजित गर्दै थ्रि स्टार क्लबले सिजनको शुखद् अन्त्य गरेको छ ।

सातदोबाटोस्थित एन्फा मैदानमा भएको खेलमा थ्रिस्टारले च्यासललाई २–० गोल अन्तरले पराजित गर्दै सिजनको अन्त्य गरेको छ ।

योसँगै थ्रीस्टार १२ खेल खेलेको मनाङ भन्दा १ अंकले अगाडि रहेको छ । १३ खेल खेलेको थ्रीस्टारले ८ खेलमा जीत २ खेलमा बराबरी र ३ खेलमा हार व्येहोर्दै २६ अंकसहित लिगको अन्त्य गरेको छ ।

यस्तै, १२ खेल खेलेको मनाङको २५ अंकरहेको छ भने आजै केही समयमा हुने खेलमा मनाङले जावलाखेलसँग आफ्नो अन्तिम खेल खेल्दैछ । उक्त खेल जिते मनाङ तेस्रो स्थानमा उक्लिनेछ भने जावलाखेलसँग पराजित भए थ्रीस्टार तेस्रो स्थानमा रहनेछ ।

अन्तिम खेलमा च्यासलविरुद्ध थ्रीस्टारका लाल राम्मभारा र अनन्त तामाङ समान एक–एक गोल गरे । खेलको ७० औं मिनेटमा लालले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए भने खेलको अतिरिक्त समयमा तामाङले गोल गर्दै टिमलाई दोहोरो अग्रतासहित जीत दिलाएका थिए ।

च्यासलले १५ अंकसहित आठौं स्थानमा रहँदै लिगको अन्त्य गरेको छ ।

प्रकाशित मिति : २ फाल्गुन २०७६, शुक्रबार  ३ : ५९ बजे

काठमाडौँ महानगरपालिकाका प्रमुख साहविरुद्ध उजुरी

काठमाडौं– राष्ट्रिय युवा सङ्घ नेपालले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहविरुद्ध

नेपाली फिल्मलाई फाप्यो कात्तिक, सुस्ताएको बक्स अफिस तंग्रिँदै

काठमाडौं – ०८२ सालमा कात्तिक १४ सम्म ३० फिल्म प्रदर्शनमा

भीम रावललाई फकाउँदै दाहाल-नेपाल, सकारात्मक छ कुराकानी

काठमाडौं- नवघोषित नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र

उसुको विकास र विस्तारका लागि सम्झौता

काठमाडौं– चीनको शिचुवान प्रान्तको मिनयाँङ उसु संघ, मार्सल आर्ट अर्गनाइजेसन