जाडो क्रमिक रुपमा घट्दै « Khabarhub

जाडो क्रमिक रुपमा घट्दै


३ फाल्गुन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौँ उपत्यकासहित देशभर केही दिनयता तापक्रम बढिरहेको छ ।

मौसमविद् मिनकुमार आर्यालले तापक्रम निरन्तर बढ्दो क्रममा रहेको बताउनुभयो । अर्यालले कुनै मौसमी प्रणाली विकसित नभए तापक्रम विस्तारै बढ्दैँ जाने जानकारी दिए ।

फेब्रुअरीको अन्त्यसम्म मात्र तापक्रम घट्ने मौसविद्को भनाइ छ । ‘जाडो मौसमको अन्यतिर बिहान बेलुका बढी चिसो महसुस हुने र दिउँसोको समयमा गर्मी हुने हुन्छ,’ मौसमविद् आर्यालले भने ।

उपत्यकासहित देशका अन्य भेगमा पनि पछिल्ला दिनमा दिउँको समयमा गर्मी महसुस गरिएको छ । अहिलले देशका पूर्वी, मध्य र केही पश्चिमी पहाडी भू–भागमा आङ्शिकदेखि सामान्य बदली र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्युनतम तापक्रम छ दशमलव शून्य डिग्री र अधिकतम तापक्रम २१ दशमलव आठ डिग्री सेल्सियस रहेको छ ।

त्यस्तै दिपालयको न्युनतम तापक्रम नौ दशमलव आठ डिग्री र अधिकतम तापक्रम २९ दशमलव एक डिग्री सेल्सियस, धनगढीको न्यूनतम तापक्रम १० दशमलव शून्य डिग्री र अधिकतम तापक्रम २० दशमलव शून्य डिग्री सेल्सियस छ ।

सिमराको न्युनतम तापक्रम १० दशमलव छ डिग्री र अधिकतम तापक्रम २६ दशमलव दुई डिग्री सेल्सियस रहेको छ ।

प्रकाशित मिति : ३ फाल्गुन २०७६, शनिबार  १ : ०५ बजे

ट्रम्प र नेतान्याहुको पनि ‘आकस्मिक मृत्यु’ हुनसक्ने इरानको चेतावनी

तेहरान- अमेरिकी सिनेटर लिन्जी ग्राहमको आकस्मिक निधनपछि इरानका केही सरकारनिकट

पत्रकारलाई तर्साउन मिडिया हाउसअगाडि ‘सरकारकै मान्छेको योजना’मा शंकास्पद गाडी, छानबिन गर्न माग

काठमाडौं- काठमाडौंका विभिन्न सञ्चार गृह र अनामनगरको भाटभटेनी सुपरमार्केट बाहिर

गण्डकी प्रदेशमा सर्पदंशका बिरामी वृद्धि

मध्यविन्दु- गण्डकी प्रदेशको नवलपरासी (बर्दघाट सुस्तापूर्व) सर्पदंशका घटनाको उच्च जोखिममा

आदिकविले भाषिक एकतालाई बलियो बनाउनुभयो : सभामुख अर्याल

काठमाडौं– सभामुख डोलप्रसाद अर्यालले आदिकवि भानुभक्त आचार्य नेपाली भाषा, साहित्य

इङ्ग्ल्यान्ड-अर्जेन्टिना प्रतिद्वन्द्विता : म्याराडोनाको ‘ह्यान्ड अफ गड’देखि चेरी-बेर्टोनी कुटाकुटसम्म

काठमाडौं- फिफा विश्वकपको सेमिफाइनल खेल नजिकिँदै गर्दा खासगरी इङ्ग्ल्यान्ड र