उपहार गोलमा मछिन्द्रलाई ए डिभिजन लिग उपाधि « Khabarhub

उपहार गोलमा मछिन्द्रलाई ए डिभिजन लिग उपाधि


३ फाल्गुन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सहिद स्मारक ए डिभिजन लिगको उपाधि मछिन्द्र क्लबले उचालेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा मछिन्द्रले १-० गोल अन्तरले जीत हात पर्दै ऐतिहासिक उपाधि हात पारेको हो।

मछिन्द्रले पहिलोपटक सहिद स्मारक ए डिभिजन लिगको उपाधि उचालेको हो । आर्मी भने दोस्रोपटक दोस्रो भएको छ। यसअघि २०६३ सालमा पनि आर्मी लिगको दोस्रो स्थानसम्म पुगेको थियो । मछिन्द्र क्लबले आर्मी विरुद्ध खेलको पहिलो हाफमै अग्रता बनाएको थियो ।

मछिन्द्रले आर्मीका विकास तामाङको आत्मघाती गोलमा अग्रता बनाएको हो । खेलको ३४ औं मिनेटमा मछिन्द्रका रञ्जित धिमालले प्रहार गरेको फ्रिकिक बचाउन खोज्दा विकासको हेड बल गोल हुन पुगेको थियो।

उक्त गोल बचाउन खोज्दा आर्मीका गोलकिपर विकेश कुथु घाइते भएका छन् । उनी चोटग्रस्त भएपछि आर्मीले उनको स्थानमा विवस चौधरीलाई मैदान प्रवेश गराएको थियो ।

विकेशको त्रिपुरेश्वरस्थित ब्लुक्रस अस्पतालमा भर्ना उपचार भइरहेको छ।

३४ औं मिनेटमा आर्मीका विकास तामाङले रोक्न खोजेको बलले पोष्ट चुमेपछि मछिन्द्रले गोल उपहार पाएको थियो ।

उपहार पाएको बलमा अग्रता बनाएको मछिन्द्र विरुद्ध आर्मीले गोलको अवसर पाए पनि गोल गर्न नसक्दा हार ब्येहोर्न पुग्यो।

यद्यपि मछिन्द्रले गरेका दुई गोल रेफ्रिले अफसाइड करार गरेका थिए ।
पराजित आर्मीका खेलाडी खेल पछि रुदै मैदानमा लडेका थिए भने दर्शकले मछिन्द्रका लागि सेलिब्रेसन गरेका थिए।

प्रकाशित मिति : ३ फाल्गुन २०७६, शनिबार  ३ : ४७ बजे

सुरु भयो सोह्र श्राद्ध, वर्षाले पशुपति क्षेत्रमा देखिएन भीड (तस्बिरहरू)

काठमाडौं– प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात्

मनाङमा पहिरोका कारण ३३ केभी विद्युत् लाइन अवरुद्ध

काठमाडौँ– मनाङमा पहिरोका कारण विद्युत् लाइन अवरुद्ध भएको छ ।

नारायणीमा जलसतह खतराको तहभन्दा माथि, बस्तीमा पस्न थाल्यो बाढी

चितवन– चितवनको देवघाटस्थित नारायणी नदीमा जलसतह १० दशमलव ११ मिटर

१३ जिल्लामा आज कांग्रेसको क्षेत्रीय अधिवेशन हुँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज १३ जिल्लामा संघीय

बाढी-पहिरो र खराब मौसमका कारण दूरसञ्चार सेवा अवरुद्ध, मर्मत कार्य जारी

काठमाडौँ – असोज ८ गतेदेखिको निरन्तर हावाहुरी, भारी वर्षा र