साताको शेयर बजार : झण्डै ६ अर्बको कारोवार « Khabarhub

साताको शेयर बजार : झण्डै ६ अर्बको कारोवार


३ फाल्गुन २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धितोपत्र बजारमा यस साता शेयर कारोबार मापक नेप्से परिसूचक असन्तुलित अवस्थामा रह्यो । बजारमा कारोवार मापक नेप्से बढ्ने र घट्ने क्रम जारी रह्यो । साताभर कूल १७५ कम्पनीको शेयर कारोवार भयो ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार साताभर कूल एक करोड ६६ लाख १४ हजार ५८८ कित्ता शेयर रु पाँच अर्ब ८४ करोड ४१ लाख ६९ हजार १३६ मूल्यमा खरिद बिक्री भए ।

साताको पहिलो दिन आइतबार नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो । सोही क्रममा नेप्सेमा १३.७० अङ्कले घटेर एक हजार ३१९.९९ मा झ¥यो । नेप्से ओरोलो लाग्दा कारोवार रकममा गिरावट आएको छ । कूल १७३ कम्पनीको २५ लाख ५० हजार २६६ कित्ता शेयर रु ९५ करोड चार लाख दुई हजार ५८४ मा खरीद बिक्री भए ।

यस्तै सोमबार नेप्से ४.२८ अङ्कले बढेर एक हजार ३२४.२६ मा पुग्यो । परिसूचक वृद्धि भएपनि कारोबार रकम भने रु ९३ करोड मै सीमित भयो । कुल १७५ कम्पनीका २३ लाख ६० हजार ५८४ कित्ता शेयर रु ९३ करोड ३२ लाख ८६ हजार ५५ मा खरिदबिक्री भए ।

मङ्गलबार नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो । त्यस दिन नेप्से १७.११ विन्दुले बढेर आज एक हजार ३४१.३८ मा पुग्यो । नेप्से उकालो लाग्दा त्यसको प्रभाव कारोवार रकममा प¥यो । कूल १७५ कम्पनीको ३९ लाख ९६ हजार ८७७ कित्ता शेयर रु एक अर्ब ५३ करोड २२ लाख ५० हजार ४४० मूल्यमा खरिद बिक्री भए ।

बुधबार नेप्से ४.६०ले वृद्धि भई एक हजार ३४५.९७ मा पुग्यो । नेप्से सामान्य अङ्कले बढे पनि कारोवार रकम भने डेढ अर्ब बराबरको भएको छ । कूल १७३ कम्पनीको ३९ लाख ८६ हजार ७६९ कित्ता शेयर रु एक अर्ब ५० करोढ ९७ लाख ८४ हजार ३११ मूल्यमा खरिद बिक्री भए ।

साताको अन्तिम दिन बिहीबार नेप्से परिसूचकमा सामान्य गिरावट आयो । त्यस दिन नेप्से १.३९ अङ्कले घटेर एक हजार ३४४.५९ मा पुुग्यो । कूल १७२ कम्पनीको ३७ लाख २० हजार ९२ कित्ता शेयर रु एक अर्ब ७७ करोड ३८ लाख पाँच हजार ७४६ मा खरिदबिक्री भए ।

यस साता शेयर बजारमा विभिन्न चार कम्पनीका कूल दुई करोड ६९ लाख ८१ हजार ६२९ कित्ता शेयर सूचीकृत भए । त्यसमा प्रभु बैंकको एक करोड ४२ लाख २८ हजार २७९ कित्ता शेयर लाभांश, गरिमा विकास बैंकको ४५ लाख तीन हजार २१५ कित्ता शेयर लाभांश, सानिमा बैंकको ८० लाख एक हजार २५५ कित्ता शेयर लाभांश र आशा लघुवित्त वित्तीय संस्थाको कूल दुई लाख ४८ हजार ८८० कित्ता शेयर लाभांश सूचीकृत भएको छ ।

प्रकाशित मिति : ३ फाल्गुन २०७६, शनिबार  ५ : ३० बजे

नेपाल–बङ्गलादेश आर्थिक सहकार्य प्रवर्द्धनमा जोड

काठमाडौँ– बङ्गलादेशस्थित नेपाली दूतावासले शुक्रबार साँझ बङ्गलादेशको रङ्गपुरमा ‘नेपाल–बङ्गलादेश सम्बन्ध

वीरगञ्ज नाकाबाट पेट्रोलियम आयात : ९ महिनामा ६० अर्ब ३८ करोड राजस्व सङ्कलन

वीरगञ्ज– चालु आर्थिक वर्ष (आव)को प्रथम नौ महिनामा पेट्रोलियम पदार्थ

मिथिलामा जानकी नवमीको उल्लास

महोत्तरी– विभिन्न चाडपर्व र सांस्कृतिक उत्सवको वैभव मानिने मधेसको महोत्तरीसहितका

करिब तीन हजार सवारी चालक ट्राफिक कारबाहीमा

काठमाडौँ– बितेको २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक

राष्ट्रपति पौडेलबाट सीता जयन्तीको शुभकामना

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले सीता जयन्तीको अवसरमा सबै नेपालीबीचको एकतालाई