माछापुछ्रे बैंक कर्पोरेट सुपर सिक्स प्रतियोगिता शुरु « Khabarhub

माछापुछ्रे बैंक कर्पोरेट सुपर सिक्स प्रतियोगिता शुरु


४ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

माछापुछ्रे बैंक कर्पोरेट सुपर सिक्स प्रतियोगिताको छैठौँ संस्करणको सम्पूर्ण तयारी पूरा भएको छ ।

यहि फागुन २ गते देखि ७ गतेसम्म त्रिवि अन्तराष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुरमा हुने भएको छ । उक्त प्रतियोगितामा विभिन्न २३ टोलीले सहभागिता जनाउने छन् । माछापुछ्रे बैंक र एसएस इभेन्ट्स प्रालिको संयुक्त आयोजनामा आयोजित पत्रकार सम्मेलनमा माछापुछ्रे बैंक

कर्पोरेट सुपर सिक्स प्रतियोगिताको छैठौँ संस्करणको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराईएको हो ।

उक्त पत्रकार सम्मेलनमा बोल्दै माछापुच्छ्रे  बैंक लि. का प्रमुख कार्यकारी अधिकृत  सुमन शर्माले अहिलेको अवस्थामा स्वस्थ रहनको लागि खेलकुद अपरिहार्य जस्तै रहेको बताउदै माछापुछ्रे बैंकले कर्पोरेट क्षेत्रमा कार्यरत कर्मचारीहरुको दैनिक कामकाजको साथसाथमा खेलकुदप्रतिको रुचिलाई मध्यजनर गर्दै बैंकले यो प्रतियोगिता आयोजना गर्न लागेको जानकारी गराए ।

प्रमुख कार्यकारी अधिकृत, शर्माले यो वर्षको माछापुछ्रे बैंक, Corporate Super Sixes Tournament  कर्पोरेट क्षेत्रको मात्र नभएर मात्र नभएर देशकै एउटा क्रिकेट उत्सवको रुपमा मनाउने तयारी रहेको बताए ।

एसएस इभेन्ट्स प्रालिको आयोजना तथा माछापुछ्रे बैंक लि.को मुख्य प्रायोजनमा आयोजना हुने उक्त प्रतियोगितामा सर्वोत्कृष्ठ हुने खेलाडीले यमाहाको तर्फबाट एफजेड भी बाईक प्राप्त गर्नेछन् ।

प्रतियोगिता ५ ओभरको हुनेछ । लिगकम नकआउटका आधारमा हुने प्रतियोगिताका विधागत उत्कृष्ट खेलाडी, ब्याट्सम्यान, बलर, फिल्डर, विकेटकिपरसहित सर्वा्धिक छक्का प्रहार गर्ने खेलाडीलाई पुरस्कृत गरिनेछ ।

माछापुच्छे बैंक, सेन्चुरी बैंक, सिभिल बैंक, एनआईसी एशिया बैंक, सनराइज बैंक, नबिल बैंक, नेपाल राष्ट्र बैंक, कुमारी बैंक, मेगा बैंक, ग्लोबल आईएमई बैंक, कामना सेवा विकास बैंक, प्राइम कमर्शियल बैंक, आईसीएफसी फाइनान्स, गोर्खा वित्त , एनसेल ए, एनसेल बी, नेपाल टेलिकम, सूर्य नेपाल, सिप्रदी, सुबिसु, भारतीय दूतावास, नेपाल जीवन बीमा लगायतका २३ कर्पोरेट हाउसहरुले यो वर्षको माछापुछ्रे बैंक कर्पोरेट सुपर सिक्स प्रतियोगिता सहभागिता जनाउने छन् ।

सहभागि टोलीलाई विभिन्न समूहमा विभाजित गरिनेछ, प्रत्येक टोलीले आफ्नो समूहमा एक अर्कासँग खेल्नेछ र प्रत्येक समूहका शीर्ष २ टोली प्री क्वार्टर फाइनलको लागि योग्य हुनेछन् । प्रतियोगिताका सम्पूर्ण खेलहरू प्राइम टाइम्स टेलिभिजन (प्रशारण पार्टनर) बाट प्रत्यक्ष प्रशारण हुनेछन् ।

प्रकाशित मिति : ४ फाल्गुन २०७६, आइतबार  १२ : ५० बजे

युक्रेनमा रूसी आक्रमण जारी, दुई जनाको मृत्यु, २१ घाइते

युक्रेन– युक्रेनको पूर्वी डिनिप्रो शहरमा भएको पछिल्लो रूसी आक्रमणमा  दुई

दशरथ रङ्गशालामा सुकुमवासीको ‘स्क्रिनिङ’ :चार परिवारलाई कीर्तिपुर पठाइयो

काठमाडौं– थापाथलीस्थित बागमती नदी किनारमा बसोबास गर्दै आइरहेका सुकुमवासी र

दलहरूबीच सहमति नहुँदा सभामुख चयन प्रक्रिया अन्यौल

बागमती– सत्तारुढ दलबीच सहमति नहुँदा बागमती प्रदेशसभाको सभामुख चयन प्रक्रिया

झापामा ‘स्विप अपरेसन’ एक सय अट्ठाइस जना पक्राउ

झापा– लागूऔषध दुर्व्यसन तथा ओसारपसारविरुद्ध प्रहरीले सञ्चालन गरेको ‘स्विप अपरेसन’

नेपालले युएईलाई दियो २०१ रनको चुनौती

काठमाडौं– आजदेखि काठमाडौँमा सुरु भएको आईसीसी विश्वकप लिग–२ क्रिकेट प्रतियोगितामा