आयो गोजीमै हालेर हिँड्न मिल्ने एसी, यस्ता छन् विशेषता | Khabarhub Khabarhub

आयो गोजीमै हालेर हिँड्न मिल्ने एसी, यस्ता छन् विशेषता


५ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जापानी इलेक्ट्रोनिक्स कम्पनी सोनीले गोजीमा बोकेरै हिड्न मिल्ने सानो आकारको एयर कन्डिशनर बनाएको छ ।
मोबाइल फोन भन्दा पनि सानो यो एसी शर्ट वा टिशर्टमा फिट गरेर प्रयोग गर्न सकिन्छ ।

कम्पनीले यो सानो एसीको नाम रेओन पकेट (Reon Pocket) राखेको छ । प्रयोगकर्तालाई २४ सै घण्टा चिसो वा तातो पार्ने सुविधा यसमा उपलब्ध छ ।

कम्पनीका अनुसार यूजरले यसलाई घाँटीको तल्लो भागमा राखेर प्रयोग गर्न सक्नेछन् । यसका लागि विशेष किसिमको ब्याग बनाईएको छ र यो ब्याक पनि फरक फरक साइजमा उपलब्ध रहेको छ ।

यो पकेट एसीलाई कम्पनीले एउटा विशेष अण्डरशर्टका साथ प्रयोग गर्ने गरि ल्याएको छ । अण्डरशर्टलाई सो एसीका साथमा बिक्री गरिनेछ।

थर्मोइलेक्ट्रिक पेल्टियर एलिमेन्टद्धारा निर्माण गरिएको यो एसीले तीब्र गतिमा चिसो तथा तातो बनाउन सक्छ ।

यो एलिमेन्टको प्रयोग कार कूलर तथा वाइन कूलर्समा प्रयोग हुने गर्दछ र यसको लागि न्यून पावरको उपयोग हुन्छ । यो एसीको तापक्रमलाई स्मार्टफोनको माध्यमबाट नियन्त्रण गर्न सकिन्छ ।

यसमा राखिएको प्रविधिले यसले आफैं उपयुक्त तापक्रम सेट गर्न सक्दछ । रेओन पकेट एसीमा लिथियम आयन ब्याट्री राखिएको छ जसले २ घण्टाको चार्जमा दिनभर प्रयोग गर्न सकिन्छ ।

८५ ग्राम मात्र तौल रहेको यो एसीको मूल्य १३० डलर तोकिएको छ । हाल जापानमा मात्र बिक्री गरिने यो एसी परिक्षणको रुपमा ल्याइएको छ। परीक्षण सफल भएमा यसको विक्री विस्तार गरिने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०७६, सोमबार  १० : २९ बजे

वार्ता अस्वीकार गरेको रूसद्वारा युक्रेनमा अहिलेसम्मकै भीषण हवाई आक्रमण

मस्को- रूसका सरकारी प्रवक्ताले शुक्रबार एक प्रेस ब्रिफिङमार्फत् युक्रेनसँगको जारी

बाल्टीको पानीमा डुबेर शिशुको मृत्यु

दोधारा चाँदन- भीमदत्त नगरपालिका–८ स्थित तिलाचौडका सुरज सिंहकी डेढ वर्षीया

रकम हिनामिना गरेको आरोपमा एक युवा पक्राउ

गाईघाट– यहाँको त्रियुगा नगरपालिका–१० बोक्सेका ३५ वर्षीय अङ्कित श्रेष्ठलाई प्रहरीले

स्वास्थ्यमन्त्री पौडेल डिस्चार्ज

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलको अस्पतालबाट डिस्चार्ज भएका छन्

सरकारमाथि चौतर्फी प्रहार भइरहेको छ : उद्योगमन्त्री

अमरगढी– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले वर्तमान सरकार जनपक्षीय