आरआर क्याम्पसमा नेकपा र कांग्रेस निकट विद्यार्थीबीच झडप « Khabarhub

आरआर क्याम्पसमा नेकपा र कांग्रेस निकट विद्यार्थीबीच झडप


५ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र नेपाली कांग्रेस निकट विद्यार्थी संगठनबीच झडप भएको छ ।

काठमाडौंको प्रदर्शनी मार्गस्थित रत्न राज्यलक्ष्मी (आरआर) क्याम्पसमा नेकपा निकट अनेरास्ववियू र कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेवि संघ)का कार्यकर्ताहरुबीच झडप भएको हो ।

झडपमा करिब १० जनाजति घाइते भएका छन् । महानगरीय प्रहरी बृत्त सिंहदरबारका अनुसार झडपमा संलग्न केही विद्यार्थीलाई नियन्त्रणमा लिइएको छ । पक्राउ पर्नेमा ४ जना नेविसंघ र २ जना अनेरास्ववियूसँग सम्बन्धित छन् ।

झडपमा अनेरास्ववियूका संगम देवकोटा, मुकेश कुँवर, धर्म न्यौपाने तथा नेविसंघका पुस्कर बास्तोला, सञ्जिव ढकाल, सुनिल शर्मा, रामजी बस्नेत, उमेश गुरुङ, विपु खड्का घाइते भएका जनाइएको छ ।

प्रहरीका अनुसार दुवै संगठनका विद्यार्थीबीच शनिबार भएको एउटा पिकनिक (वनभोज कार्यक्रम)का विषयमा झडप भएको हो ।

प्रकाशित मिति : ५ फाल्गुन २०७६, सोमबार  १२ : ५९ बजे

इलामको देउमाईमा जिप पल्टिँदा चालकको घटनास्थलमै मृत्यु

इलाम – इलामको देउमाई नगरपालिका–१ साधुगाउँमा बोलेरो जिप दुर्घटना हुँदा

बसाइँसराइ रोक्न रणनीति फेर्दै छथर : दुहुना गाईको साटो अब ‘सुरक्षित आवास’

धनकुटा – गाउँमा बसाइँसराइ गरेर आउने परिवारलाई टिकाइराख्न धनकुटाको छथर

एसियाली खेलकुद भलिबलः नेपाल आज इन्डोनेसियाविरुद्ध भिड्दै

काठमाडौँ – जापानमा जारी २० औँ संस्करणको एसियाली खेलकुदमा नेपाली

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

ललितपुर – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ

मेसिन र औजारको पूजा पछाडि के छ रहस्य ? यस्तो छ विश्वकर्मा पूजाको धार्मिक कथा

काठमाडौँ – नेपालमा हरेक वर्ष असोज १ गते विश्वकर्मा पूजा