सडक भिजिजन कार्यालयका ईन्जिनियरविरुद्ध ४ करोडको भ्रष्टाचार मुद्दा | Khabarhub Khabarhub

सडक भिजिजन कार्यालयका ईन्जिनियरविरुद्ध ४ करोडको भ्रष्टाचार मुद्दा


५ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– डिभिजन सडक कार्यालय विराटनगरका तत्कालीन डिभिजन प्रमुख (सिनियर डिभिजनल ईन्जिनियर) जितेन्द्र कुमार चौधरीविरुद्ध झण्डै ४ करोड रुपैयाँ बराबरको भ्रष्टाचार मुद्दा दायर भएको छ ।

सार्वजनिक सेवामा रहँदा अकूत रुपमा सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ईन्जिनियर चौधरीविरुद्ध सोमबार विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

अख्तियारका अनुसार ईन्जिनियर चौधरीले ३ करोड ९९ लाख ४४ हजार ३ सय ४२ रुपैयाँ बराबर अवैध रुपमा सम्पत्ति आर्जन गरेको देखिएको छ ।

अवैध रुपमा आर्जन गरिएको सम्पत्ति चौधरीले घर तथा जग्गामा लगानी गरेको, बैंकमा जम्मा गरेको तथा विभिन्न कामका लागि खर्च गरेको देखिएको अख्तियारले जनाएको छ ।

अख्तियारले चौधरीविरुद्ध ३ करोड ९९ लाख ४४ हजार ३ सय ४२ बिगो कायम गरी बिगोअनुसार जरिवाना र २ वर्षसम्म कैद सजाय मागदाबी गरेको छ ।

अख्तियारले अवैध रुपमा आर्जन गरेको सम्पत्ति जफत प्रयोजनका लागि चौधरीकी श्रीमती किरण चौधरी र छोरा अभिषेक चौधरीलाई समेत प्रतिवादी बनाएको छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०७६, सोमबार  ५ : २८ बजे

मोरङको पाथिभरा माता मन्दिरमा लाखबत्ती प्रज्वलन

मोरङ – पाथिभरा माता मन्दिरमा लाख बत्ती बालेर दिप प्रज्वलन

विज्ञहरु भन्छन्– डढेलो नियन्त्रण गर्न प्रभावकारी समन्वय जरुरी

काठमाडौं – डढेलो नियन्त्रण गर्न सरोकारवाला निकायबीच प्रभावकारी समन्वय र

अदालतभित्रै श्रीमानद्वारा श्रीमतीमाथि कुटपिट

तम्घास – गुल्मी जिल्ला अदालतको भवनभित्र श्रीमानले श्रीमतीमाथि कुटपिट गरेका

घुससहित मालपोतका सुब्बा पक्राउ

बुटवल – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय कपिलवस्तुका नायव

मातातीर्थ मेला भोलिदेखि, सम्पूर्ण तयारी पूरा

काठमाडौं – प्रत्येक वर्ष वैशाख कृष्णपक्ष आमाको मुख हेर्ने औँसीका