ओली – नेपालको बालुवाटारमा गोप्य भेटवार्ता « Khabarhub

ओली – नेपालको बालुवाटारमा गोप्य भेटवार्ता


६ फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पार्टीभित्र एक्लिदै गएको अनुभूति गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले बरिष्ठ नेता माधव कुमार नेपालसँग गोप्य भेटवार्ता गरेका छन् ।

एमसीसीको बिषयमा पार्टीभित्रको एउटा समुहले पेलेरै अगाडी बढेपछि केन्द्रीय कमिटी बैठकबाट समेत अल्पमतमा परेका ओलीले आफ्नो समिकरण बलियो बनाउन नेपालसँग सोमबार साँझ गोप्य भेटवार्ता गरेका हुन्।

भेटमा पार्टीले गर्ने निर्णयमा एकजुट भएर अघि बढ्ने तथा आपसी सहयोग आदानप्रादान गर्दै अघि बढ्ने बिषयमा नेताहरुबीच छलफल भएको छ ।

प्रधानमन्त्री ओलीको सचिवालयले अनैपचारिक भेटवार्ता भए पनि पार्टीको निर्णयमा पूर्वएमाले पंत्तिले रणनीति बनाएको अर्थमा भने बुझ्न नहुने जनाएको छ ।

पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता नेपाल कर्णाली प्रदेश भेलामा कार्यकर्ता प्रशिक्षणका लागि मंगलबार विहान ८ बजे त्यसतर्फ प्रस्थान गर्नुअघि ओलीले बालुवाटारमै नेता नेपालसँग गरेको भेटलाई अर्थपूर्ण मानिएको छ ।

गत भदौ ५ गते पार्टीको सचिवालय बैठकमा चर्काचर्की भएपछि खासै सामिप्यता नदेखिएको ओली – नेपालको सम्बन्धलाई गोप्य भेटवार्ता भएपछि केही सुधारिएको अड्कलबाझी समेत गरिएको छ ।

सम्बन्ध सुधारको प्रयत्नस्वरुप ‌ओलीले यसअघि नेता नेपाललाई कात्तिक २३ मा लञ्ज मिटिङ समेत गरिसकेका छन् ।

प्रकाशित मिति : ६ फाल्गुन २०७६, मंगलबार  १० : ३१ बजे

भृकुटीमण्डपमा नेकपाको एकता सन्देश सभा र्‍याली (तस्बिरहरू)

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को एकता सन्देश सभा

राप्ती र नारायणीमा भेटिए नौ भाले घडियाल

नवलपुर– चितवन राष्ट्रिय निकुञ्ज भएर बग्ने राप्ती र नारायणी नदीमा

गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य संकटको जोखिममा

एजेन्सी – संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेसले गाजा क्षेत्रमा करिब

गुल्मीका सरकारी कार्यालयमा जनशक्ति अभाव

गुल्मी– राष्ट्रिय सतर्कता केन्द्रले जिल्लामा अधिकांश सरकारी कार्यालयको सेवा प्रवाह

कोरला सीमामा नेपाल–चीन संयुक्त सुरक्षा गस्ती

मुस्ताङ– उत्तरी चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमाना जोडिएको (नेपाल–चीन) उत्तरी