मस्जिदको सरकारी जग्गामा प्रहरीका डीएसपीले कब्जा जमाएको सांसदको दाबी « Khabarhub

मस्जिदको सरकारी जग्गामा प्रहरीका डीएसपीले कब्जा जमाएको सांसदको दाबी


६ फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको सुन्धारास्थित मस्जिदको जग्गा नेपाल प्रहरीका एकजना (तत्कालीन) प्रहरी नायव उपरीक्षक (डीएसपी)ले आफ्नो नाममा नामसारी गरेको भन्दै संसदमा प्रश्न उठेको छ ।

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीकी सांसद कलिला खातुनले काठमाडौं महानगरपालिका–२२ सुन्धारा छेउको ६ आना १ पैसा क्षेत्रफलको जग्गा भू–माफियामार्फत प्रहरीका तत्कालीन डीएसपीले कब्जा गरेको भन्दै मंगलबारको प्रतिनिधि सभा बैठकमा प्रश्न उठाएकी हुन् ।

राणा शासनको बेला वि.सं. २००२ सालमा मुस्लिम समूदायले धार्मिक कार्यमा भोगचलन गर्ने गरी तत्कालीन सरकारले उक्त जग्गा प्रदान गरेको सांसद खातुनको भनाइ छ । २०४५ सालसम्म उक्त जग्गामा सुन्धारास्थित मस्जिदको नाममा रहेपनि त्यसपछि भने भू–माफियाहरुले व्यक्तिको नाममा नामसारी गरेको खातुनको भनाइ छ ।

‘लामो समयदेखि मुस्लिम समूदायले भोगचलन गर्दै आएको सरकारी जग्गा भू–माफियाहरुले व्यक्तिका नाममा दर्ता गरेका छन् । उक्त जग्गामा रहेको मस्जिदलाई हटाउन चलखेल गरिएको छ,’ सांसद खातुनले भनिन् ।

खातुनले उक्त जग्गा तत्कालीन डीएसपीको नाममा नामसारी भएको देखिएको बताए पनि डीएसपीको नाम भने उल्लेख गरिनन् ।

प्रकाशित मिति : ६ फाल्गुन २०७६, मंगलबार  १ : ३८ बजे

इलामको देउमाईमा जिप पल्टिँदा चालकको घटनास्थलमै मृत्यु

इलाम – इलामको देउमाई नगरपालिका–१ साधुगाउँमा बोलेरो जिप दुर्घटना हुँदा

बसाइँसराइ रोक्न रणनीति फेर्दै छथर : दुहुना गाईको साटो अब ‘सुरक्षित आवास’

धनकुटा – गाउँमा बसाइँसराइ गरेर आउने परिवारलाई टिकाइराख्न धनकुटाको छथर

एसियाली खेलकुद भलिबलः नेपाल आज इन्डोनेसियाविरुद्ध भिड्दै

काठमाडौँ – जापानमा जारी २० औँ संस्करणको एसियाली खेलकुदमा नेपाली

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

ललितपुर – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ

मेसिन र औजारको पूजा पछाडि के छ रहस्य ? यस्तो छ विश्वकर्मा पूजाको धार्मिक कथा

काठमाडौँ – नेपालमा हरेक वर्ष असोज १ गते विश्वकर्मा पूजा