मस्जिदको सरकारी जग्गामा प्रहरीका डीएसपीले कब्जा जमाएको सांसदको दाबी « Khabarhub

मस्जिदको सरकारी जग्गामा प्रहरीका डीएसपीले कब्जा जमाएको सांसदको दाबी


६ फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको सुन्धारास्थित मस्जिदको जग्गा नेपाल प्रहरीका एकजना (तत्कालीन) प्रहरी नायव उपरीक्षक (डीएसपी)ले आफ्नो नाममा नामसारी गरेको भन्दै संसदमा प्रश्न उठेको छ ।

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीकी सांसद कलिला खातुनले काठमाडौं महानगरपालिका–२२ सुन्धारा छेउको ६ आना १ पैसा क्षेत्रफलको जग्गा भू–माफियामार्फत प्रहरीका तत्कालीन डीएसपीले कब्जा गरेको भन्दै मंगलबारको प्रतिनिधि सभा बैठकमा प्रश्न उठाएकी हुन् ।

राणा शासनको बेला वि.सं. २००२ सालमा मुस्लिम समूदायले धार्मिक कार्यमा भोगचलन गर्ने गरी तत्कालीन सरकारले उक्त जग्गा प्रदान गरेको सांसद खातुनको भनाइ छ । २०४५ सालसम्म उक्त जग्गामा सुन्धारास्थित मस्जिदको नाममा रहेपनि त्यसपछि भने भू–माफियाहरुले व्यक्तिको नाममा नामसारी गरेको खातुनको भनाइ छ ।

‘लामो समयदेखि मुस्लिम समूदायले भोगचलन गर्दै आएको सरकारी जग्गा भू–माफियाहरुले व्यक्तिका नाममा दर्ता गरेका छन् । उक्त जग्गामा रहेको मस्जिदलाई हटाउन चलखेल गरिएको छ,’ सांसद खातुनले भनिन् ।

खातुनले उक्त जग्गा तत्कालीन डीएसपीको नाममा नामसारी भएको देखिएको बताए पनि डीएसपीको नाम भने उल्लेख गरिनन् ।

प्रकाशित मिति : ६ फाल्गुन २०७६, मंगलबार  १ : ३८ बजे

भृकुटीमण्डपमा नेकपाको एकता सन्देश सभा र्‍याली (तस्बिरहरू)

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को एकता सन्देश सभा

राप्ती र नारायणीमा भेटिए नौ भाले घडियाल

नवलपुर– चितवन राष्ट्रिय निकुञ्ज भएर बग्ने राप्ती र नारायणी नदीमा

गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य संकटको जोखिममा

एजेन्सी – संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेसले गाजा क्षेत्रमा करिब

गुल्मीका सरकारी कार्यालयमा जनशक्ति अभाव

गुल्मी– राष्ट्रिय सतर्कता केन्द्रले जिल्लामा अधिकांश सरकारी कार्यालयको सेवा प्रवाह

कोरला सीमामा नेपाल–चीन संयुक्त सुरक्षा गस्ती

मुस्ताङ– उत्तरी चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमाना जोडिएको (नेपाल–चीन) उत्तरी