नबिल बैंक र भक्तपुर उद्योग वाणिज्य संघबीच सम्झौता « Khabarhub

नबिल बैंक र भक्तपुर उद्योग वाणिज्य संघबीच सम्झौता


७ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नबिल बैंक लि. र भक्तपुर उद्योग वाणिज्य संघको संयुक्त प्रयास बाट १८ फेब्रुअरी, २०२० का दिन वाणिज्य संघको कार्यालयमा भक्तपुर जिल्लाका उद्योग तथा व्यवसाय प्रबर्धन विषयक एक अन्तरकृया कार्यक्रमको आयोजना सम्पन्न भएको छ ।

सोही कार्यक्रममा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रदिप श्रेष्ठ बीच, बैक र संघका सदस्यहरुलाई, ब्यवसाय प्रबद्र्धन तथा बैकिड. सेवा सुलभ तवरवाट उपलब्ध गराउने सम्बन्धी सम्झौता समेत भएको छ । सो कार्यक्रममा संघका पदाधिकारी तथा ब्यवसायी सदस्यहरुबाट राखेका बैंक सेवा सुविधा सम्बन्धि जिज्ञासा उपर बैकका प्रमुख कार्यकारी अधिकृत शाहले प्रत्युत्तर समेत दिएका थिए ।

यस सम्झौता संगै नबिल बैंकले भक्तपुर उद्योग वाणिज्य संघका सदस्यका साथ साथै देशभरका व्यवसाय र उद्योग क्षेत्रको प्रबर्धन र संरक्षणको लागि बैंकले सदा सहयोग गर्ने कुरा शाहले जानकारी दिए ।

सो समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले भने ‘नबिल बंैकले भक्तपुर तथा देशभर रहेका व्यवसाय र उद्योग क्षेत्रलाई संरक्षण र उन्नतीको लागि नबिल बैंक तत्पर रहनेछ ।

व्यवसाय र उद्योग क्षेत्रको विकासका लागि भक्तपुर उद्योग वाणिज्य संघसंग सहकार्य गर्न पाउदा हामी निकै खुशी छौं । यो सहकार्यले उद्योग वाणिज्य क्षेत्रमा आवद्ध भएका व्यवसायहरुलाई लाभ हुने विश्वास हामीले लिएका छौं ।’

भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष श्री प्रदिप श्रेष्ठले भने,‘भक्तपुर उद्योग वाणिज्य संघले नबिल बंैकसंग सम्झौता गरी भक्तपुरका व्यवसाय र उद्योग क्षेत्रको प्रबर्धन गर्न बैंकको साथ पाउञदा निकै खुशी लागेको छ । निजी क्षेत्रको तर्फबाट यस्तो सहकार्य गर्न आरम्भ भएकोमा हामी हर्षेात्शाहित भएका छौं, र बैकलाई धन्यबाद समेत ज्ञापन गर्दछौं ।’

नबिल बैंकले ११४ वटा शाखाहरु, १६६ वटा एटिएमहरुको विशाल संरचना र १५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरुका साथमा देशव्यापी रुपमा र विश्वभर धेरै एजेन्टहरु मार्फत सेवा प्रदान गरेर आफ्ना सबै स्टेकहोल्दरहरु संगै अघि बढ्ने विश्वास राखेको छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०७६, बुधबार  १ : ०९ बजे

कांग्रेसलाई एकताबद्ध बनाउन जरुरी छ : महामन्त्री पौडेल

तनहुँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीलाई एकताबद्ध बनाउन

ट्राफिक प्रहरीको ‘सप्राइज चेकिङ’ : ५७२ सवारी चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीको विशेष अभियानअन्तर्गत ‘सप्राइज चेकिङ’का क्रममा आज

आईपीएल : वैभवको विष्फोटक ब्याटिङमा हैदराबादलाई राजस्थानले दियो २२९ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग २०२६ अन्तर्गत ३६औँ खेलमा राजस्थान

मनोहरामा सुकुम्बासी बस्ती हटाउन पुगेको टोलीमाथि ढुंगामुढा, १९ सुरक्षाकर्मी घाइते

भक्तपुर – भक्तपुरको मनोहरा नदी किनार क्षेत्रमा सुकुम्बासी बस्ती हटाउन

रास्वपा सांसद पोखरेलले शिक्षकमाथि दुर्व्यवहार गरेको भन्दै शिक्षक महासङ्घको आपत्ति

काठमाडौं – नेपाल शिक्षक महासङ्घले प्रतिनिधि सभा निर्वाचनबाट ओखलढुङ्गा जिल्लाबाट