कम्प्युटरमा कपी र पेस्ट पत्ता लगाउने टेज्लरको निधन « Khabarhub

कम्प्युटरमा कपी र पेस्ट पत्ता लगाउने टेज्लरको निधन


८ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- कम्प्युटरमा प्रयोग गरिने कट, कपि, पेस्ट फाइन्ड, रिप्लेस लगायतको प्रवर्तन गर्ने कम्प्युटर वैज्ञानिकको निधन भएको छ ।

कम्प्युटरको अभिन्न अंग नै बनिसकेको कट, कपी, पेष्ट, फाइण्ड, रिप्लेसलगायतका कमाण्डको प्रवर्तन गर्ने वैज्ञानिक ल्यारी टेज्लरको ७४ वर्षको उमेरमा निधन भएको हो ।

व्यक्तिगत कम्प्युटरलाई सामान्य र प्रयोकर्ता मैत्री बनाउनका लागि उनले प्रवर्तन गरेका यस्ता कमाण्ड निकै महत्वपूर्ण मानिन्छन् ।

उनको जन्म सन् १९४५ मा न्यूयोर्क शहरको ब्रंक्समा भएको थियो । क्यालिफोर्नियाको स्टानफोर्ड विश्वविद्यालयमा अध्ययन गरेका उनले अध्ययनपछि जेरोक्स कम्पनीमा शोधकर्ताको रुपमा काम गरेका थिए ।

पछि एप्पल कम्पनीका संस्थापक स्टिभ जब्सले उनलाई आफ्नो कम्पनीमा सामेल गराएका थिए । पछि उनी एप्पल कम्पनीमा वरिष्ठ वैज्ञानिकको रुपमा काम गरेका थिए ।

सन् १९८३ मा एप्पल कम्पनीको लिसा कम्प्युटर र त्यसपछिको वर्षमा सार्वजनिक म्याकिन्टोस कम्प्युटरमा सर्वप्रथम कट, कपि, पेष्ट प्रयोग गरिएको थियो ।

पछि उनले याहू र अमेजनमा पनि केही समय काम गरेका थिए ।

प्रकाशित मिति : ८ फाल्गुन २०७६, बिहीबार  ६ : ०० बजे

रास्वपा नेताहरूसँग छलफल गर्दै रवि, बालेन भेट्न पुगे शिशिर

काठमाडौं- नेताहरूसँग छलफल गर्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

इनड्राइभले सार्वजनिक गर्‍यो ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’ सेफ्टी अवेयरनेस अभियान

काठमाडौं- इनड्राइभले आफ्नो सेफ्टी अवेयरनेस अभियान ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने