किन गरिन्छ शिवलिंगको पूजा ? | Khabarhub Khabarhub

किन गरिन्छ शिवलिंगको पूजा ?


९ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

आज शिवरात्रि । हिन्दू धर्मावलम्बीहरुले विशेष पर्वको रुपमा आजको दिनलाई मनाउने गरेका छन् ।

शिव मन्दीरहरुमा आज दर्शनार्थीको बाक्लो उपस्थित हुने गरेका छन् । शिवको पूजा विशेषगरि शिव लिंगमा हुन्छ । अन्य देविदेवताको जस्तो मुर्ति पूजन शिवको कम हुने गरेको छ ।

हिन्दु धर्मवालम्बीहरुका लागि शिवलिंगको विशेष महत्व छ । शिवलिंग भनेको भगवान शंकरको प्रतिक मानिन्छ । धर्मसास्त्रका अनुसार लिंग भनेको शक्ति हो । त्यसैले उत्पादक शक्तिको चिन्हको रुपमा लिंगको पूजा गर्ने गरिन्छ ।

लिंगको पूजा गर्नाले सबैको पूजा हुन्छ भन्ने विश्वास राखिन्छ । शिवलिंगमा योनिलाई मात्री शक्तिको प्रतीक मानिन्छ । शिवलिंगले पूरा ब्रह्माण्ड पुरुष र महिलाको ऊर्जाले बनेको हो भन्ने इंगित गर्दछ ।

लिंग पूजा गर्नुका केही कारण यस्ता छन्

शिवलिंग मान्यताको अनुसार, लिंग एउटा बिशाल लौकिक अन्डाशय हो जसको अर्थ पूरै ब्रह्माण्डको प्रतीक हो ।

शिवलिंग र त्रिमूर्ति– त्रिमूर्तिको मतलब हो ब्रह्मा, विष्णु र महेश यसलाई अझ राम्रोसँग जान्ने हो भने यी तीनले सत्य, ज्ञान र अनन्तलाई दर्शाउँछन् ।

शिवलिंगका बारेमा दुई एक पटक ब्रह्माजी र विष्णुजीबीच विवाद उत्पन्न भयो । ब्रह्माजीले सृष्टिकर्ता भएको कारणले श्रेष्ठ भएको दावी गरे र विष्णुले सृष्टिको पालनकर्ता भएको कारणले आफू श्रेष्ठ भएको दावी गरे । त्यसपछि त्यहाँ एक विशाल लिंग उपस्थिति भयो र दुवै देवतामा सहमतिले यो निश्चय गरियो कि जसले यो लिङ्गको समाप्ती बारे पहिला पत्ता लगाउछ त्यो नै श्रेष्ठ हुनेछ । दुवै जना विपरित दिशामा शिवलिंगको समाप्ति खोज्न निक्लिए । तर उनीहरुलाई कुनै समाप्ति मिलेन यसले उनीहरुमा यो ज्ञात हुन्छ कि शिवलिंग नै अनन्तकाल हुन् ।

शिवलिंगको उत्पत्ति यसको कुनै रंग हुँदैन । यो जुन रंगको सम्पर्कमा आउँछ त्यही रंगको हुन्छ । शिवलिंगको पूजा ध्यान साधनाको लागि हो र यसलाई निर्गुण ब्रह्मा पनि भनिन्छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०७६, शुक्रबार  ३ : ५९ बजे

जेन-जी आन्दोलनका नाममा देशलाई अस्थिरताको बाटोमा धकेल्ने प्रयास भयो : ओली

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेन-जी आन्दोलनका नाममा

आन्दोलनका नाममा उद्योगलाई निशाना बनाउनु दुःखद : अध्यक्ष ढकाल

धुलिखेल– नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले कुनै पनि आन्दोलनका

खोरत रोगविरुद्ध निःशुल्क खोप अभियान सुरु

विराटनगर– कोशी प्रदेशलाई खोरेत रोगमुक्त बनाउने कार्यक्रमअन्तर्गत गाईभैँसी तथा चौपायालाई

सवारी दुर्घटनामा एक जनाको मृत्यु

उदयपुर– त्रियुगा नगरपालिका-५ गेरूवाई खोला नजिक सडकमा पिपलचौरीबाट लालपत्तातर्फ आउँदै गरेको स.१

मौसममा हिउँदको छनक, काठमाडौंबाट देखिए हिमाल (तस्बिरहरू)

काठमाडौं– मौसममा सुधार आएसँगै काठमाडौं उपत्यकाबाट हिमाल देखिएको छ ।