बलेवा विमानस्थलको रनवे कालोपत्रे शुरु « Khabarhub

बलेवा विमानस्थलको रनवे कालोपत्रे शुरु


१० फाल्गुन २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ- बागलुङ जिल्लाको बलेवा विमानस्थलको धानवमार्ग (रनवे) कालोपत्रे गर्न काम अगाडि बढेको छ ।

नागरिक उड्डयन प्राधिकरणले विमानस्थललाई बाह्रै महिना सञ्चालनमा ल्याउन ठेक्का सम्झौता भइ निर्माण अगाडि बढेको छ । यसका लागि चालु आर्थिक वर्षमा चार करोड विनियोजन भएको जनाइएको छ ।

बागलुङ क्षेत्र नम्बर एकका प्रतिनिधि सांसद डा सूर्य पाठकले अर्को वर्ष पुनः तीन करोड रकम छुट्टाइने जानकारी दिए ।

२०७७ फागुन महिनाभित्र विमानस्थलको ७०० मिटर लम्बाइ तथा ३० मिटर चौडाइ धावनमार्ग कालोपत्रे गरी सक्ने गरी प्राधिकरणले काष्ठमण्डम उमा एण्ड कम्पनी जेभी, बल्खुसँग रु सात करोडमा ठेक्का सम्झौता गरेको छ ।

निर्माणको जिम्मा पाएको सो कम्पनीका प्रतिनिधि दिनेश रिजालले ठेक्का सम्झौता हुँदासाथ आवश्यक कामको थालनी गरिएको जानकारी दिए ।

उनले भने, ‘धावनमार्ग कटिङका लागि आवश्यक औजार, उपकरण विमानस्थलमा ल्याइसकेका छौँ, कटिङको काम शुरु भएको छ ।’

शुरुमा कटिङ गर्ने, वरपर नाली निर्माण गर्ने र तारबार लगाउने निर्माण कम्पनीका फिल्ड इञ्चार्ज वासु थापाले जानकारी दिए ।

२६ वर्षदेखि बन्द अवस्थामा रहेको सो विमानस्थल बागलुङ नगरपालिकाको संयोजनमा २०७४ चैत ९ गतेबाट पुनः सञ्चालन आएको थियो ।

नेपाल एरलाईन्स तथा तारा एयरलाइन्सका जहाजले केही महिना उडान समेत भरेका थिए । तर आवश्यक पूर्वाधारको अभावले अहिले विमानस्थल बन्द रहेको छ ।

बागलुङ नगरपालिका–१४ नारायणस्थानमा सो विमानस्थल रहेको छ । ‘नागरिक उड्डयन प्राधिकरणले पहिलो चरणमा विमानस्थलको धावनमार्ग कालोपत्रे गर्नका लागि छुट्टाएको बजेटले निर्माण प्रारम्भ गरिएको छ’, सांसद पाठकले भने, ‘बागलुङ नगरपालिकासहित सरोकारवाला निकायको पहलमा आगामी एक वर्षमा कालोपत्रे हुन्छ, अन्य पूर्वाधार अर्को वर्षबाट शुरु गर्नेछौँ ।’

तीन वर्षमा पूर्णरुपमा विमानस्थल सञ्चालनमा ल्याउने गरी विमानस्थलको धावनमार्गबाहेकको टर्मिनल टावर मर्मतलगायतका अन्य संरचना निर्माण गर्ने विषयमा समेत छलफल भइरहेको जनाइएको छ ।

बागलुङ, पर्वत र म्याग्दीका जनतालाई हवाई सेवा प्रदान गर्ने गरी पूर्वाधार निर्माणका लागि नगरपालिकाले सक्दो साझेदारी गर्ने बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले जानकारी दिए ।

कालीगण्डकी करिडोरसँग जोडिएको विमानस्थल पुग्न बागलुङ बजारदेखि जम्मा १२ किलोमिटर सडक कच्ची रहेको छ ।

मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोर कालोपत्रे हुनसकेमा विमानस्थल सञ्चालनका लागि यात्रुको अभाव नहुने सरोकारवाला बताउँछन् ।

एक वर्ष अगाडि यात्रु कम हुँदाको रकम नगरपालिकाले सुनिश्चितता गरी हप्तामा दुईदिन ती विमानले उडान समेत भरेका थिए । बर्खाको समय धावनमार्गमा हिलो र हिउँदमा धुलो उड्ने समस्या भएपछि विमानस्थल बन्द भएको थियो ।

प्रकाशित मिति : १० फाल्गुन २०७६, शनिबार  ८ : ५७ बजे

सेक्युरिटी प्रेस खरिदका विषयमा विस्तृत अनुसन्धान जारी : अख्तियार

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेक्युरिटी प्रेस खरिदका विषयमा विस्तृत

मानवअधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना कार्यान्वयनमा स्थानीय तहलाई सक्रिय हुन आग्रह

सुदूरपश्चिम- राष्ट्रिय मानवअधिकार आयोग, सुदूरपश्चिम प्रदेश कार्यालयले मानवअधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना

‘म्याथ सिक्ने’ गीत अस्वीकृतको बाछिटा : ‘मास्टर्नी’को प्रिमियरमा दुर्गेश गयल !

काठमाडौं – फिल्म प्रचारको फन्डा बहिष्कारको कारक बनेपछि के हुन्छ

ह्यारी–मेघन बेलायत फर्कने तयारीमा

लन्डन- बेलायती राजपरिवारको आधिकारिक जिम्मेवारी त्यागेको करिब छ वर्षपछि राजकुमार ह्यारी

अमरेशको प्रश्न- अख्तियार प्रधानमन्त्री कार्यालयको शाखा हो ?  

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अमरेश कुमार सिंहले अख्तियारमाथि